कोरोना महामारीको समयमा दोलखामा ८९ जनाले गरे आत्महत्या
दोलखा । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप र जोखिमको अवधिमा दोलखामा ८९ जनाले आत्महत्या गरेको पाइएको छ । कोरोना भाइरसले शिथिल बनेको दोलखामा यहीँ समयमा आत्महत्या गर्नेको संख्या वृद्धि भएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/२०७७ भन्दा आव २०७७/२०७८ सालमा आत्महत्या गर्नेको संख्या वृद्धि भएको पाइएको हो ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/२०७७ दोलखामा ५६ जनाले आत्महत्या गरेका थिए । यस्तै गत वर्षको असोज महिनादेखि यस वर्षको असोज मसान्तसम्म ८९ जनाले आत्महत्या गरेका छन् । कोरोना भाइरसले जिल्ला लामो समय लकडाउन र निषेधाज्ञामा पर्दै आएको छ । कोरोना, अशिक्षा, तथा गरिबीको कारण धेरै जनाले आत्महत्या गरेका छन् भने, केही व्यक्ति पारिवारिक झैझगडा र मदिरा सेवनबाट आत्महत्या गरेको पाइएको छ । कतिपयले मनोरोग र डिप्रेसनको कारण पनि आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा रहेका छन् । भीमेश्वरमा १० पुरुष, आठ महिला, तीन बालक र एक बालिकासहित २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी जिरी नगरपालिकाभित्रका चार पुरुष र दुई महिलाले आत्महत्या गरेका छन् भने कालिञ्चोक गाउँपालिकामा छ जना पुरुष, एक महिला र एक बालक गरी आठ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
त्यस्तै गौरीशंकर गाउँपालिकामा तीन जना पुरुष, पाँच जना महिला, एक जना बालक र एक बालिका गरी १० जना, बिगु गाउँपालिकामा पाँच जना पुरुष, पाँच जना महिला र एक जना बालक गरी ११ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना प्रमुख अन्जन कोइरालाले जानकारी दिए । त्यसैगरी मेलुङ गाउँपालिकामा तीन जना पुरुष, एक जना महिला, एक जना बालक, एक बालिका गरी छ जनाले आत्महत्या गरेको पाइएको छ ।
यस्तै तामाकोशी गाउँपालिकामा छ जना पुरुष, एक महिला गरी सात जनाले आत्महत्या गरेका छन् भने शैलुङ गाउँपालिकामा १० जना पुरुष, दुई जना महिला गरी १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकमा उल्लेख्य छ । यसैगरी बैतेश्वर गाउँपालिकामा तीन जना पुरुष, एक महिला, एक जना बालक र दुई जना बालिका गरी सात जनाले आत्महत्या गरेका छन् ।
दोलखामा धेरैजसो आत्महत्याका घटना घरायसी विवाद र शारीरिक सम्बन्धका कारण हुनेगरेको पाइएको छ । जिल्लामा वैशाख यता मात्र १९ जनाले आत्महत्या गरेका छन् । पाँच महिनाको अवधिमा १२ जना पुरुष, चार जना महिला, एक बालक र दुई बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दोलखाको सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरै आत्महत्याका घटना वृद्धि भएको पाइएको छ । आत्महत्या गर्ने पुरुषको संख्या महिलाको तुलनामा बढिरहेको छ । जिल्लाको भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाभित्रका मात्र २० जना पुरुषले आत्महत्या गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी
- ठूलालाई चैन सानालाई ऐन
- सेयरबजार किन यसरी उपेक्षित भइरहन्छ ?
- सिक्टा सिँचाइ आयोजना : कृषिका लागि वरदान
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया