भूकम्पपछि व्यवस्थित बन्दै शैलुङको भैसे बजार
दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाको महत्वपूर्ण ग्रामीण व्यापारिक केन्द्रको रूपमा रहेको भैसे बजार भूकम्पपछि थप विकासित र व्यवस्थित बन्दै गएको छ । २०७२ वैशाखको भूकम्पअघि दुई–चार वटा काठका टहरा र एक दुईवटा ढुङ्गामाटोका घर मात्र देखिने भैसबजार अहिले सो गाउँपालिका आसपासको महत्वपूर्ण ग्रामीण व्यापारिक केन्द्रको रूपमा विकसित भएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ को यस बजारमा अहिले करिब चार दर्जन व्यवसायीका घर तथा पसल बनेका छन् । वडाले बजारलाई व्यवस्थित बनाउँदै आफ्ना नागरिकलाई व्यवसायी बनाउन विभिन्न कार्यक्रम तथा व्यवसाय सञ्चालन गरेको वडा अध्यक्ष रामेश्वर उप्रेतीले बताए । वडाले बजार नजिकै स्वास्थ्य केन्द्र राखेको छ । त्यस्तै गाउँमै व्यावसायिक शिक्षाको विकास गर्ने उद्देश्यले बजार नजिकै प्राविधिक विद्यालयको स्थापना गरेर पठनपाठन तथा तालिम चलाउँदै आएको छ । वडाले महिलाहरूलाई व्यवसायी र आत्मनिर्भर बनाउन ढाका बुनाइ तथा सिलाइ तालिम दिएको थियो ।
उक्त तालिमपश्चात् बजारमा महिलाहरूले ढाकाटोपी उत्पादन समेत सुरु गरिसकेका छन् । त्यस्तै बजारमा दर्जनभन्दा बढी होटलहरू निर्माण भएका छन् । आलुखेतीको प्रमुख थलो मानिने भैसेमा दैनिक लाखौँको आलु कारोबार हुनेगरेको छ । वडाको पहलमा बजारका विभिन्न ठाउँमा आलु भण्डारण गर्न ठाउँको व्यवस्थापन गरिएको छ ।
भूकम्पअघि सुनसान देखिने भैसे बजारमा अहिले दैनिक चहलपहल देखिने गरेको स्थानीय राम बहादुर श्रेष्ठले बताए । भूकम्पपछि बजारमा बैंक तथा वित्तीय संस्थाको समेत विकास भएको छ । भैसे पर्यटकीय हिसाबले राम्रो सम्भावना बोकेको ठाउँ भएकाले अझै यस क्षेत्रलाई विकास गर्न आवश्यक रहेको सोही वडाका समाजसेवी सोभित उप्रेतीले बताए । शैलुङका पर्यटकीय गन्तव्यहरू शैलुङ डाँडा, भैसे, मागदेउरालीलगायतका ठाउँ हुँदै चल्ने मुख्य सडक तत्काल निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
हिलाम्मे र धुलाम्मे सडकको कारण शैलुङको पर्यटन क्षेत्रको विकास पछाडि परेको हुँदा तत्काल सडकको निर्माण गर्न सके शैलुङको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । त्यस्तै शैलुङलाई थप विकसित र चिनाउन शैलुङ साइन्स पार्क निर्माण हुन लागेको समेत उनले जानकारी दिए । शैलुङमा रहेको वन्यजन्तु, जडीबुटी, प्राकृतिक सम्पदाको पहिचान गरेर शैलुङ साइन्स पार्क निर्माण हुने समाजसेवी उप्रेतीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया