घर–घरमा खानेपानीको धारा पुगेपछि करेसाबारी हराभरा
दोलखा । जिल्लाका दुर्गम र विकट गाउँमा अझै खानेपानीको चरम समस्या रहँदै आएको छ । दर्जनौँ बस्तीका मानिस अहिले पनि घन्टौँ हिँडेर पानी लिन जाने समस्या भोग्दै आएका छन् । तर केही बस्तीमा भने अहिले विभिन्न दातृ निकाय र स्थानीय सरकारको पहलमा विस्तारै खानेपानीको समस्या हट्दै गएको छ ।
जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३को पाइलेमा अहिले घर–घरमा खानेपानीका धारा निर्माण हुँदै गएका छन् । पाइलेको एउटा सिङ्गो बस्तीमा करिब ५५ घरपरिवार बसोबास गर्छन् । सो बस्तीका प्रत्येक घरमा आ–आफ्नै खानेपानीको धारा बनेका छन् । गत वर्षसम्म खानेपानी अभाव झेलेका यहाँका स्थानीयहरूको घर–घरमा अहिले भने सगुन सोसियल अर्गनाइजेसन नामक सामाजिक संस्थाले धारा निर्माण गरी खानेपानी सेवा उपलब्ध गराएको छ । धारा निर्माण गर्ने आवश्यक सम्पूर्ण निर्माण सामग्री संस्थाले सहयोग गरेर ‘एक घर एक धारा कार्यक्रम’ सुरु गरेको संस्थाका अध्यक्ष झलक तामाङले जानकारी दिए ।
खानेपानी अभावले सधैँ खडेरी लागेजस्तो देखिने यहाँका करेसाबारी र घरपेटी अहिले हरियो सागसब्जीले हरियाली र हराभरा देखिएको छ । स्थानीय जानुका बस्नेतले घरमा धारो बनेपछि घरअगाडिको करेसाबारीभरि विभिन्न सागसब्जी र सिमी, मुला लगाएकी छिन् । उनी भन्छिन्, ‘पहिले घण्टौँ लगाएर पानी लिन जानु पथ्र्यो, समय पनि खेर जान्थ्यो, तर अहिले घरमै पानीको धारो बनेपछि समयको बचत हुनुको साथै प्रयोग गरेर फालिएको पानीको सदुपयोग गरेर करेसा बारी र जुठेल्नु वरिपरि सागसब्जी र तरकारी लगाएको छु ।’
उनका अनुसार खानेपानीको पहुँच नहुदा दैनिक सयौँ रूपैयाँको तरकारी किन्नु पथ्र्याे अहिले त्यो तरकारी किन्ने पैसा बचत भएको छ । बस्नेतले मात्र हैन गाउँका धेरैजसोले आ–आफ्नो करेसाबारीमा तरकारी लगाएका छन् । संस्थाले पाइलेका अझै करिब ६० घरपरिवारलाई खानेपानीको अभाव रहेकोे जनाएको छ । यहाँ वैशाखसम्म सबैको घरमा धारा निर्माण गरिसक्ने संस्थाको योजना छ । उक्त संस्थाले गत वर्ष बैतेश्वर नाम्दुका २५ घरपरिवार रहेको दलित बस्तीमा खानेपानीको धारा निर्माण गरिदिएको थियोे । त्यसैगरी उक्त संस्थाले बैतेश्वर गाउँपालिकाभित्रका सुकुमबासीलाई घर निर्माण गरेर दिँदै आएको छ भने परिवारविहीन बालबालिकालाई सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया