काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्राष्ट्रियस्तरको ‘हेली रेस्क्यु’को सेवा प्रवाहमा आक्रामक बनेको छ ।
विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्धार (रेस्क्यु)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो । गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाइमा नर्भिकको हेली रेस्क्यु सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।
नर्भिकले आफ्नो अस्पतालका लागि मात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्युको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए । ‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्युको अन्तर्राष्ट्रियस्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यु सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौँ । यो सेवालाई अझ आक्रामक रुपमा विस्तार गर्दै लगिनेछ ।’
कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौँ गम्भीर बिरामीहरुलाई हेलिकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्युको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
- सेती नदीको पुल निर्माण: २८ प्रतिशत भौतिक प्रगति
- चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
- आज पनि सुनको मूल्य घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया