सुवास बस्नेत
दोलखा, माघ २०
बैतेश्वर गाउँपालिकामा पालिका जोड्ने २७ किलोमिटरको फ्रास्ट ट्र्याकसहित २ वर्षमा २७ वटा शाखा सडक निर्माण भएका छन् । गाउँपालिकाको केन्द्र हुँदै चल्ने मुख्य सडकको दुईतर्फबाट पिच गरिने भएको छ भने अन्य शाखा सडकको भने सोलिङ गरिएको छ । गाउँपालिकाले यी सबै सडक निर्माण गर्न करिब नौ करोड बजेट खर्च गरेको छ । पालिकाले पालिकाभित्रका ८ वडालाई पायक पर्ने २७ किलोमिटरको मुख्य सडकको कालोपत्रेको काम आंशिकरूपमा सुरु गरिसकेको छ । पालिका जोड्ने मुख्य सडकको कालोपत्रेको काम गोपी खोला गैरिमुदीबाट दुई करोडको लागतमा मैया निर्माण सेवाले सुरु गरेको छ ।
त्यसैगरी दोस्रो चरणमा पालिकाको मैनापोखरी फेदी सडकको पनि कालोपत्रे गर्न दुई करोड बजेट छुट्याएको छ । यी दुवै सडकको कालोपत्रे गर्न गाउँपालिकाले चार करोड बजेट विनियोजन गरेको हो । त्यसैगरी बागमती प्रदेश सरकारले गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने खानीखोला पुल निर्माणको लागि दुई करोड ४० लाख बजेट दिएको छ । उक्त पुल निर्माणको काम गरिरहेको गाउँपालिकाका अध्यक्ष छवि लामाले आर्थिक दैनिकलाई बताए । बैतेश्वर गाउँपालिकाले छोटो दूरीका अन्य २७ वटा शाखा सडक निर्माण गर्न करिब पाँच करोड बजेट खर्च गरिसकेको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकार बनेपछि गाउँगाउको समस्यालाई स्थानीय सरकारसँग जोड्ने उद्देश्यले छोटो दूरीका सडक निर्माण गरिएको हो । गाउँपालिकाभित्रका वडा १ देखि ८ सम्म २७ वटा सडक निर्माण भएका छन् । अहिले गाउँपालिकाले सडकको स्तरोन्नति गर्दैै सडक टिकाउन सोलिङ बिछ्याउने र साइट कटिङसँगै सडक नाला निर्माण गर्न वार्षिकरूपमा साधारण बजेट छुट्याइरहेको गाउँपालिकाका अधिकृत विक्रम कार्कीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले किसानलाई लक्षित गरेर करिब ६० लाख बजेट खर्च गरेर चारवटा सडक निर्माण गरेको छ । निर्माण भएका कृषि सडकको दूरी ५ किलोमिटरभन्दा कम रहेको उनले बताए । गाउँपालिकाले भर्खर मात्र पालिकादेखि खानीखोलासम्मको ३ किलोमिटरको लप्से निमकोट सडक निर्माण सम्पन्न गरेको छ । करिब छ लाखको लागतमा उक्त सडक निर्माण गरिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया