वैतेश्वर गाउँपालिकाले ग्रामीण सडक कालोपत्रे गर्ने
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाले यस वर्ष थप तीन किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने भएको छ । गत वर्षहरुमा करिब सात किलोमिटर ग्रामीण सडकमा कालोपत्रे गरेको गाउँपालिकाले यस वर्ष पनि थप तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी थालेको हो ।
गाउँपालिकाले यसअघि प्रदेश सरकारसँगको समपुरक अनुदानमा तीनवटा ग्रामीण सडक बुस्ती–पुतलिकाठ–मैनापोखरी–क्षेत्रपा र गोपी–गैरिमुदी सडकमा कालोपत्रे गर्न सुरु गरेको थियो । गाउँपालिकाले यस वर्ष पनि तीनवटै सडकमा थप कालोपत्रे गर्न टेन्डर आह्वान गरिसकेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । गाउँपालिकाले पाँच वर्षको पहिलो कार्यकालमा दर्जनौँ महत्वपूर्ण विकास निर्माणका योजना पूरा गरेको उनको भनाइ छ ।
गाउँपालिकाले २७ सय किलोमिटर सडक विस्तार गर्नुको साथै तीनवटा सडकको कालोपत्रे सुरु गरेको उनले बताए । तीनवटा सडक थप कालोपत्रे गर्न गाउँपालिकाले करिब पाँच करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसअघि बुस्ती–पुतलिकाठ–मिर्गे सडक, गोपि–गैरिमुदी सडक र मैनापोखरी क्षेत्रपा सडकमा दुई–दुई किलोमिटर कालोपत्रे तथा ढलान गरिसकेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया