काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली र मतदानकेन्द्र स्वीकृत गरेको छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदै छ । उक्त निवर्वाचनको लागि आयोगले पाँच सय ३२ जना प्रदेशसभा सदस्यहरू र एक हजार चार सय ९३ जना गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू गरी दुई हजार २५ जनाको मतदाता नामावली बिहीबार स्वीकृत गरेको हो ।
यसैगरी आयोगले यस निर्वाचनका लागि प्रदेश नं. १ मा दुईवटा मतदानकेन्द्र र अन्य छवटा प्रदेशमा एक/एकवटा मतदानस्थलभित्र दुई/दुईवटा मतदानकेन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्रहरू तोकिएका छन् । आयोगका अनुसार प्रदेश नं. १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदानस्थल तोकिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया