काठमाडौं । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारमा मिठाइ उत्पादनबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८औँ स्थापना दिवस मनाएको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । यस ग्रुपले नेपालमा विश्वासिलो, स्थापित र व्यवस्थित कम्पनीको रुपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ ।
लक्ष्मी ग्रुपले ४८ वर्ष पूरा गरिरहँदा डेरी, प्लाष्टिक, अटोमोबाइल्स, इलेक्ट्रोनिक, स्टिललगायतका थुप्रै क्षेत्रमा लगानी गरिरहेको छ । साथै आगामी दिनमा पनि अन्य थुप्रै क्षेत्रमा लगानी गर्ने तयारी गरेको जनाएको छ । सोमबार एलिस रिसेप्सनमा भएको ४८औँ स्थापना दिवसमा लक्ष्मी ग्रुपअन्तर्गतको सम्पूर्ण कम्पनीहरुबाट कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन लक्ष्मी ग्रुपका प्रमुख गणेश बहादुर श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रममा लक्ष्मी ग्रुपमा पाँचदेखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।
साथै कार्यक्रममा लक्ष्मी ग्रुपले आयोजना गरेको खेलकुद सप्ताहका विजेता खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । ग्रुपले हरेक वर्ष स्थापना दिवसको अवसरमा समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गर्ने गरेको छ । कम्पनीले सोमबार नै रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
यस्तै लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत भद्रकाली मन्दिर सरसफाइ, मानव सेवाआश्रममा खाद्यान्न सामग्री, टोपी र मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाइ, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो । सो कार्यक्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशकले ‘लक्ष्मी एकेडेमी’को पनि उद्घाटन गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया