Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधत्रिवेणी व्यापार कम्पनीद्धारा थोक विक्रेताहरुलाई पुरस्कार वितरण

त्रिवेणी व्यापार कम्पनीद्धारा थोक विक्रेताहरुलाई पुरस्कार वितरण


विरगंज। त्रिवेणी व्यापार कम्पनी द्धारा सञ्चालित रिटेलर्स स्किम २०७८ अन्तर्गत पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत वर्षमा सञ्चालित अफर अन्तर्गत पुरस्कार जीतेका थोक विक्रेताहरुलाई पुरस्कार वितरण गरिएको हो । शनिवार विरगंजस्थित होटेल भिशुवामा आयोजित समारोहमा १सय ५० भन्दा बढी थोक विक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

त्रिवेणी व्यापार अन्तर्गत नेपालभरि विक्रीवितरण हुने ब्राण्डहरुलाई उच्च प्रर्वद्धन गरे बापत पुरस्कार प्रदान गरिएको थियो । त्रिवेणीका ब्राण्डहरुलाई विक्री गर्दै मोबाईल एपमा प्राप्त अंकहरुको आधारमा थोक विक्रेताहरुलाई विभिन्न खालका पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा थोक विक्रेताहरुलाई बिएमडब्लु बाइक, बुलेट बाइक,आईफोन १२, टेलिभिजन, वासिंग मेसिन, फ्रिज, मोटरसाईकल लगायतका पुरस्कार हस्तान्तरण गरिएको थियो ।

पुरस्कार ग्रहण गर्दै थोक विक्रेताहरुले आफुहरुको व्यापार बिस्तार तथा नाफा बढोत्तरीमा त्रिवेणी व्यापारका संयन्त्रहरुले निकै सहयोग गरेको भन्दै त्रिवेणी व्यापारको प्रशंसा गरेका थिए । त्रिवेणीद्धारा सञ्चालनमा ल्याइएको मोबाईल एप्लिकेशनले व्यवसायलाई सहज बनाइदिएको कार्यक्रममा सहभागी व्यवसायीहरुले बताए । त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको सहभागिहरुले बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी व्यापारका महाप्रबन्धक जीतेन्द्र बहादुर सिंहले रिटेलर्सहरुका कारण त्रिवेणीका ब्राण्ड बजारमा स्विकार्य भएको भन्दै रिटेलर्सप्रति आभार व्यक्त गरे। त्रिवेणीका ब्राण्डहरुलाई उपभोक्तासामु पुर्याउन प्रतिबद्ध भएर लागेका रिटेलर्सहरुप्रति त्रिवेणी समुह सदैव कृतज्ञ रहने सिंहले बताए ।

आम उपभोक्ताको जीवनशैली तथा गृहस्थका हरेक साना समस्याहरुलाई सम्बोधन गर्न त्रिवेणी व्यापार दत्तचित्त भएर लागिपरेको उनको भनाई रहेको थियो । समयसँगै बिस्तार हुँदै गईरहेको त्रिवेणी समूहमा आबद्ध सबैको उन्नती आफुहरुको दायित्व भएको भन्दै सिंहले यस्ता कार्यक्रमहरुले आफुहरुलाई बजारसँग साक्षात्कार गराउन उल्लेख्य भुमिका निर्वाह गरेको जिकिर गरे ।

कार्यक्रममा त्रिवेणी व्यापारकी सहायक मार्केटींग प्रमुख सेफाली अग्रवाल, उप सेल्स प्रबन्धक मुकेश मिश्रा, क्षेत्रिय ईन्चार्ज जितेन्द्र प्रसाद साहलगायतहरुको उपस्थित रहेको थियो । कार्यक्रममा करिब १ सय ५० जना रिटेलर्सहरुको सहभागि रहेको जनाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x