Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक नियन्त्रण १४२औँ समूहको तालिम सञ्चालन

ट्राफिक नियन्त्रण १४२औँ समूहको तालिम सञ्चालन


काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक नियन्त्रण १४२औँ समूहको तालिम सञ्चालन भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरे । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यवसायिक रुपमा दक्ष एवं ज्ञान तथा सिपयुक्त बनाउन तालिम प्रदान गरिएको बताए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार छ जना र प्रहरी जवान ६२ जना गरी कुल ६८ जना प्रशिक्षार्थीहरु सहभागि रहेको जानकारी दिए ।

साथै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालना गरी सवारी नियम उल्लंघन गर्ने चालकहरुले प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी त्यस्ता क्रियाकलापमा संलग्न चालक र सहचालकहरुलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउने आठ जना प्रहरी कर्मचारीहरुलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार तथा प्रशंसापत्र र १२ जना प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरे ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक एक जना, प्रहरी हवल्दार चार जना र प्रहरी जवान १५ जना रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x