Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधमाधम निर्माण हुँदै स्वास्थ्य चौकी भवन

धमाधम निर्माण हुँदै स्वास्थ्य चौकी भवन


दोलखा । भूकम्पले ध्वस्त बनेका जिल्लाका ग्रामीण भेगका ३१ वटा स्वास्थ्य चौकी भवनको पुननिर्माण काम धमाधम भइरहेको छ । जिल्लाका नौ स्थानीय तहका ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकीहरूको केहीको निर्माणको काम सम्पन्न भइसकेको छ भने केही निर्माणको चरणमा रहेका छन् ।

सरकारले भूकम्पपछि यहाँका ३१ वटा स्वास्थ्य चौकी भवन निर्माण तथा मर्मतको लागि ७८ करोड ७७ लाख ६४ हजार चार सय रूपैयाँ खर्च गरेको छ । त्यसमा विदेशी दातृ निकायको ४३ करोड ३४ लाख अनुदान सहयोग रहेकोे छ । भूकम्पले ध्वस्त बनेको जिल्लाका आठवटा स्वास्थ्य चौकी भवनको निर्माणसम्पन्न भएर प्रयोगमा आइसकेको छ भने २४ वटा भवनको निर्माण पनि चालू वर्षभित्र सकिने जिल्ला आयोजना एकाइ भवन तथा आवास निर्माण कार्यालय चरीकोट र स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार चालू वर्षको असारसम्म सबै स्वास्थ्य भवनको निर्माणसम्पन्न हुने छ । निर्माणको चरणमा रहेका २४ वटा स्वास्थ्य चौकी भवन जिल्लाका ग्रामीण बस्तीमा निर्माण भइरहेका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा चारवटा भवन, बैतेश्वर गाउँपालिकामा दुईवटा, कालिञ्चोक गाउँपालिकामा तीनवटा, गौरीशंकर गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी भवनको पुनर्निर्माण हुन लागेको हो ।

त्यसैगरी जिरी नगरपालिकाको ठूलोपात स्वास्थ्य चौकी र श्यामा स्वास्थ्य चौकी भवन गरी दुईवटा भवनको निर्माणसम्पन्न गरिएको छ । त्यसैगरी शैलुङ गाउँपालिकामा चारवटा र विगु गाउँपालिकाभित्रका तीनवटा स्वास्थ्य चौकी भवनको निर्माणको काम पनि यहीँ वर्ष सकिने भएको छ । त्यसैगरी तीनवटा आयुर्वेद स्वास्थ्य चौकी भवनको पनि निर्माण जारी रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x