Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचारवटा फलफूल प्रशोधन मेसिन वर्षौँदेखि प्रयोगविहीन

चारवटा फलफूल प्रशोधन मेसिन वर्षौँदेखि प्रयोगविहीन


सोलुखुम्बु । सोलुखुम्बुमा चारवटा फलफूल प्रशोधन मेसिन (डिस्टीलरी) वर्षौँदेखि प्रयोगविहीन बनेको छ । जिल्लाको बागबानी केन्द, फाप्लु, गार्मा र पत्तालेमा गरी चारवटा प्रशोधन मेसिन डिस्टीलरी एक दशकदेखि प्रयोगविहीन बनेको हो ।

जिल्लामा फलफूल भण्डार तथा प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूलहरू त्यत्तिकै खेर फाल्नुपर्ने बाध्यता किसानमा छ । यहाँ किबी, स्याउ, आरुबखडा, नास्पातीलगायतका धेरै प्रकारका फलफूलहरू उत्पादन हुनेगरेको छ । तर जिल्लामा प्रशोधन केन्द्र नहुँदा बिक्री हुन नसकेका फलफूल बस्तुभाउलाई खुवानुपर्ने वा कुहुवाएर फाल्नुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालका ७ गार्माका दोमी शेर्पाले गुनासो गरे । उनले भने, ‘हामी धेरै फलफूल खेती गर्छौँ, उत्पादन पनि हुन्छ तर बिक्री नभएका फलफूलहरू राख्ने ठाउँको साह्रै अभाव छ, न यहाँ भण्डारण केन्द्र छ न त प्रशोधन मेसिन नै । जसले गर्दा बिक्री नभएका फलफूलहरू त्यत्तिकै खेर फाल्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यता छ ।’

प्रयोगविहीन बनेको प्रशोधन मेसिन तत्काल प्रयोगमा ल्याउने सम्भाव नरहेको बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए । उक्त मेसिनहरू धेरै वर्ष पुरानो भएर खिया लागिसकेकाले सञ्चालनमा ल्याउन नसकेको कार्यालयले जनाएको छ । डिस्टिलरी प्रयोगमा आएको खण्डमा फलफूलको जाम, जुस, वाइनसहित धेरै परिकार बनाउन सकिन्छ । तर किसानको गुनासो सम्बोधनमा स्थानीय सरकार गम्भीर नबनेको कृषकहरूको गुनासो छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x