काठमाडौं । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट एकीन भई आएका जिल्लालाई मापदण्डबमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा बसेको बैठकले धानबालीमा क्षति पुगेका किसानलाई मात्र राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । मापदण्ड, २०७८ ले निर्धारण गरेको आधार र प्रक्रियाबमोजिम राहत उपलब्ध गराउन लागिएको छ ।
देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए । किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरेको थियो ।
अर्थ मन्त्रालयबाट निकासा प्राप्त रकम केन्द्रीय विपद् व्यवस्थापन कोषमा ल्याई सो रकममध्ये धानबालीमा क्षति पुगेका ईलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, सिरहा, बारा, रौतहट, मकवानपुर, रसुवा, काभ्रे, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बर्दिया, दाङ, रोल्पा, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, प्यूठान, हुम्ला, जुम्ला, कालिकोट, डडेल्धुरा, बाजुरा, बैतडी, कन्चनपुर र कैलालीका किसालाई राहत उपलब्ध गराउन निर्णय भएको हो । तत् जिल्ला विपद् व्यवस्थापन कोषमा ८५ करोड चार लाख रुपैयाँ यही फागुन २ गते रकम निकासा भइसकेको गृह मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया