बझाङ । सुदूरपश्चिम प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा सात सय छ पीडित भएका छन् । उक्त वर्ष यस प्रदेशमा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ ।
बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, बेपत्ता, जातीय विभेदलगायतका घटनामा उल्लेख्य वृद्धि भएको पुस्तकमा उल्लेख गरिएको छ । सन् २०२० को तुलनामा २०२१ मा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुदूरपश्चिम संयोजक खड्कराज जोशीले बताए । उनका अनुसार मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा सुदूरपश्चिममा १२ प्रतिशतले वृद्धि भएको देखिएको छ । यस्ता घटनाहरू सबैभन्दा बढी कैलालीमा हुनेगरेको उनले बताए । सबैभन्दा बढी पीडित हुनेमा महिलाहरू बढी रहेका छन् । महिलासँग सम्बन्धित पाँच सय ३३ घटना भएका छन् । साथै यो अवधिमा एक जना महिला र एक जना पुरुषलाई बेपत्ता समेत पारिएको छ ।
मानवअधिकारको दृष्टिकोणबाट सुदूरपश्चिम अहिले पनि सुरक्षित नरहेको सरोकारवाला बताउँछन् । बेपत्ता, हत्या, धम्की, कुटपिटलगायत घटनाहरू निरन्तररूपमा बढ्दै गएको छ । सुदूरपश्चिमको मानवअधिकारको अवस्था अपेक्षाकृत नभएको राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका संयोजक मोहनदेव जोशीले बताए । ‘२ वर्ष कोरोना भाइरसका कारण असुरक्षा, बेरोजगारीलगायत कारण पनि अमानवीय व्यवहार भएको देखिन्छ । यस कार्यको सूक्ष्म अध्ययन गरेर विश्लेषण हुनु जरुरी छ’ उनले भने, ‘प्रदेशको मानवअधिकारलाई सुदृढ पार्न विशेष गरी प्रहरी प्रशासन चनाखो बन्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।’
सुदूरपश्चिममा मानवअधिकार तथा ज्यादतीका घटना वृद्धिसँगै विभिन्न समूहबाट सार्वजनिक एवं निजी सम्पत्तिमा क्षति पु-याउने काम पनि निरन्तर भइरहेको छ । छवटा स्वास्थ्य केन्द्र, दुईवटा सरकारी सवारीसाधन, चारवटा सरकारी कार्यालयहरू, तीनवटा सञ्चार क्षेत्र, १९ वटा निजी सवारीसाधन, दुईवटा निजी सम्पत्ति, दुईवटा निजी घर, पाँचवटा नगरपालिका भवन र एउटा मन्दिर गरी ५१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
प्रहरी प्रशासनले भने विगतको तुलनामा नागरिकले सुरक्षाको अनुभूति गर्दै आएको दाबी गरेको छ । प्रहरी मानवअधिकारको एक अभिन्न अंग नै भएकाले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने काममा नियमित खबरदारी गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विश्व अधिकारीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया