सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो सिजनमा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् । जाडो छल्न काठमाडौँलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासीहरू पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।
अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत फाट्टफुट्ट देखिन थालेका छ । खुम्बु भित्रिनेको संख्या बढेसँगै केही दिनयता तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरणको संख्यामा वृद्धि भएको उनले बताए । चिसो क्रमशः घट्दै गएसँगै पर्यटक तथा स्थानीयवासी फर्किन थालेकाले विमानस्थलमा यात्रुको चाप वृद्धि भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिए । उनका अनुसार लुक्लामा एक साता यता विमानमार्फत दैनिक एक सय जनाको हाराहारीमा यात्रु भित्रिने गरेका छन् ।
लुक्लाबाट फर्किने यात्रु शून्य भए पनि भित्रिने यात्रुको संख्या बढिरहेको नागरिक उड्यायन प्राधिकरण लुक्लाले जनाएको छ । शनिबार तारा एयरलाइन्सको तीनवटा र समिट एयरको दुईवटा उडानमार्फत करिब ८० जना यात्रु खुम्बु भित्रिएको प्राधिकरण प्रमुख अछामील बताए । भित्रिने यात्रुमा स्थानीयवासी र विदेशी तथा स्वदेशी पर्यटकहरू रहेको उनले बताए । खुम्बुमा वर्षमा दुई सिजन असोज, कात्तिक मंसिर र चैत, वैशाख, जेठलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया