Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएक लाख नौ हजार क्यूफिटभन्दा बढी काठ निकासी

एक लाख नौ हजार क्यूफिटभन्दा बढी काठ निकासी


सोलुखुम्बु । जिल्लाबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक लाख नौ हजार क्यूफिटभन्दा बढी काठ निकासी भएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघ अन्तिमसम्ममा एक लाख नौ हजार दुई सय ९१ दशमलव २७ क्यूफिट व्यावसायिक प्रयोजनका लागि निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसबाट पाँच लाख ३९ हजार सात सय ७० रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) र एक लाख ९१ हजार छ सय ३० रुपैयाँ प्रदेश कर संकलन भएको कार्यालयका फरेष्टर खेचरबाबु बास्तोलाले जानकारी दिए । उनका अनुसार साउनमा नौ हजार सात सय ८५ दशमलव ९९ क्यूफिट काठ निकासीबाट एक लाख ५३ हजार छ सय ४५ रुपैयाँ भ्याट र २५ हजार २८ रुपैयाँ प्रदेश कर, भदौमा एक हजार नौ सय ४२ क्यूफिट काठ निकासीबाट २५ हजार दुई सय ६० रुपैयाँ भ्याट र तीन हजार आठ सय ९० रुपैयाँ प्रदेश कर, असोजमा एक सय ६० दशमलव १५ क्यूफिट काठ निकासीबाट नौ हजार छ सय ३५ भ्याट र एक हजार चार सय ८२ रुपैयाँ प्रदेश कर संकलन भएको छ ।

यस्तै कात्तिकमा ११ हजार आठ सय ६७ दशमलव ४५ क्यूफिट काठ निकासीबाट एक लाख ६१ हजार २९ रुपैयाँ भ्याट र २५ हजार तीन सय २६ प्रदेश कर, मंसिरमा २५ हजार पाँच सय ५१ दशमलव ७९ क्यूफिट काठ निकासीबाट तीन लाख ८४ हजार ६६ रुपैयाँ भ्याट र ५३ हजार नौ सय २१ रुपैयाँ प्रदेश कर, पुसमा १८ हजार एक सय १९ दशमलव २७ क्यूफिट काठ निकासीबाट दुई लाख ९३ हजार छ सय छ रुपैयाँ भ्याट र ४४ हजार नौ सय ८४ रुपैयाँ प्रदेश कर र माघमा २१ हजार ८ सय ६४ दशमलव ६२ क्यूफिट काठ निकासीबाट पाँच लाख ३९ हजार सात सय ७० रुपैयाँ भ्याट र एक लाख ९१ हजार छ सय ३० रुपैयाँ प्रदेश कर संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले काठ व्यावसायिक प्रयोजन (आन्तरिक तथा बाह्य निर्यात)का लागि निजी वनबाट बन पैदावर गर्दा १३ प्रतिशत मूल्य अभिवृद्धि कुर (भ्याट) र दुई प्रतिशत प्रदेश कर लिने गरेको फरेस्टर बास्तोलाले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x