दोलखा । जिल्लामा भूकम्पपछि बनेका धेरै घरमा मानिस बसोबास नगर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को लागि जिल्लाका प्रत्येक घर–घरमा पुगेका सुपरिवेक्षक तथा गणकले जिल्लाका २५ प्रतिशतभन्दा बढी घरमा मानिसहरू बसोबास नगर्ने गरेको बताएका छन् ।
जिरी नगरपालिकाका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाका सात हजारभन्दा बढी घरमा मानिस भेट्न नसकेको जनगणनामा खटाइएका सुपरिवेक्षकले जानकारी दिए । अधिकांश मानिसहरू सहरकेन्द्रित भएकोले गाउँमा बसोबास गर्ने मान्छे निकै कम छन् । बैतेश्वर गाउँपालिकामा तीन हजार तीन सय घरपरिवार घरमा ताला लगाएर सहरमा बसोबास गर्नेगरेको पाइएको जनगणनाको लागि बैतेश्वर खटिएका सुपरिवेक्षक देव कुमार श्रेष्ठले बताए ।
भूकम्पपछि गाउँमा घर बनाए पनि मानिसहरू आफ्ना आवश्यकता परिपूर्तिका लागि सहरकेन्द्रित भएको श्रेष्ठको भनाइ छ । उक्त घरपरिवारका मानिस मुख्य चाडपर्वमा मात्र घरमा बस्ने गरेका छन् । गाउँका कतिपय घर निर्माण गरेर ताला लगाएर राखिएको छ भने केही घरमा मुख्य चाडपर्वमा मात्र घरका मान्छे आएर ताला खोल्ने गरेको बैतेश्वर मिर्गेका स्थानीय किरण तामाङले बताए । तामाङका अनुसार भूकम्पपछि धेरै घर निर्माण भए पनि मानिस बसोबास नगर्दा गाउँ नै सुनसान देखिने गरेको छ ।
त्यस्तै जिरी नगरपालिका करिब दुई हजार ७ सय घरपरिवार पनि गाउँमा बस्दैनन् । उनीहरू दशैँ तिहारमा मात्रै गाउँमा आउने र चाडपर्व सकिएपछि सहर छिर्ने गरेका छन् । भूकम्पपीडितलाई सरकारले दिएको तीन लाख रूपैयाँ लिन अनिवार्यरूपमा आवास निर्माण गुनपर्ने भएकोले सोही रकम लिनका लागि मात्रै पनि मानिसहरूले घर बनाएका छन् । गाउँमा घर बनाए पनि उनीहरू सहरबजारमा बस्नेगरेको पाइएको छ ।
धेरै मानिसहरू सहरकेन्द्रित बन्दा गाउँमा भूकम्पपछि निर्माण भएका सयौँ घरहरू रित्तै भेटिएको गणकहरूको भनाइ छ । जिल्लामा भूकम्पपछि करिब ६६ हजार घर निर्माण भएका छन् । निर्माणसम्पन्न भएका घरमध्ये अहिले २५ प्रतिशत घरमा मानिस बसोबास गर्दैनन् । तथ्याङ्क विभागले जनगणनामा छ महिनाभन्दा बढी बाहिर बसोबास गर्ने मानिसलाई आफू बसेकै ठाउँबाट आफ्नो विवरण टिपाउने व्यवस्था मिलाएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया