Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधयुनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोको ‘पार्टनर्स समिट’ सम्पन्न

युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोको ‘पार्टनर्स समिट’ सम्पन्न


काठमाडौं । ग्लोबल युनिभर्सिटी सर्भिसेज क्यानडाअन्तर्गतका युनिभर्सिटी क्यानडा वेष्ट नायग्रा कलेज टोरन्टोले काठमाडौंमा ‘पार्टनर्स समिट २०२२’ सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा उक्त समिट सम्पन्न गरेको हो ।

कलेज टोरन्टोका बारेमा कोभिड–१९ महामारीपछिको शैक्षिक क्षेत्रको अवस्था र परिवर्तित नियम, पाठयक्रम, शिक्षा शुल्क, छात्रवृत्तिलगायतका विषयमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम गरिएको युनिभर्सिटीका प्रबन्धनिर्देशक नेत्र कोइरालाले बताए । त्यस्तै, युनिभर्सिटीका दक्षिण एसियाका लागि निर्देशक दिपेश सिङ्लाले आफूहरुले विदेशमा शिक्षा लिन जाने युवाहरुलाई सरलीकरण गरेको बताए ।

नायग्रा कलेज टोरन्टो क्यानडाकी सहायक निर्देशक रिक्रुटमेन्ट नचेया वेरवटले नेपालीहरुको उच्च शिक्षाप्रतिको लगाव देखेर आफूलाई खुसी लागेको बताइन् । त्यसैगरी नायग्रा कलेज टोरन्टोमा सञ्चालित शैक्षिक कार्यक्रम, न्यूनतम योग्यता र पार्टनरहरुलाई आवश्यक सूचनाहरूबारे जानकारी गराउँदै नायग्रा कलेज टोरन्टोका व्यावसायिक प्रबन्धनिर्देशक धिरज सिंह र क्षेत्रीय निर्देशक भाविका सोनीले विदेशमा प्राप्त गर्ने शिक्षाले युवाहरुले आफ्नो सिर्जनशीलता उजागर गर्नसक्ने बताए ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका उपाध्यक्ष निरज भूपेन्द्र सिटौला, एरी नेपालका अध्यक्ष तथा नेपाल ट्रेड कमिसन सर्भिस क्यानडाका ट्रेड एड्भाइजर द्व्यराज शर्मा सिवाकोटी, नायरका फाउन्डर चेयरम्यान नारायण बजाज, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनका अन्तर्राष्ट्रिय विभाग प्रमुख अमित खड्कालगायत अन्य शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय उपस्थित रहेको थियो । उपस्थित साझेदार सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x