टिकट र भिसाविनै जहाजसम्म मानिस पुगेको घटनाको प्रतिवेदन गृहमन्त्रीलाई पेश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन आइतबार गृहमन्त्री खाणसमक्ष पेस गरेका हुन् । फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए । त्यसपछि विमानस्थलको सुरक्षा चुनौतीबारे प्रश्न उठेको थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो ।
समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाइ सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायुसेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य छन् ।
समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ’, उनले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’ उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए ।
साथै उनले कोभिड–१९ को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ्ने बताए । गृहमन्त्री खाणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्नेमा जोड दिए । राष्ट्रको सुरक्षा सबैको मूल दायित्व भएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झनै सम्वेदनशील भएको उनले बताए । प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पु-याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया