Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबौलाहा कुकुरको आतङ्क जिल्लामा भ्याक्सिन अभाव

बौलाहा कुकुरको आतङ्क जिल्लामा भ्याक्सिन अभाव


दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको मिर्गेमा बौलाहा कुकुरको आतङ्क बढेको छ । बौलाहा कुकुरले एकैदिन तीन जनालाई टोकेको हो । सोमबार बौलाहा कुकुरले टोकेर गम्भीर घाइते भएकी बैतेश्वर गाउँपालिका–३ मिर्गेकी अनिता नेपालीको दोलखामा उपचार नभएर काठमाडौं लगिएको छ ।

यस्तै सोही वडाका अन्य दुई जनालाई पनि सोही कुकुरले टोकेको र जिल्लामा उपचार भइरहेको बताइएको छ । स्थानीयले कुकुर नियन्त्रण गर्न नसक्दा रेबिज रोगको लक्षण देखिएको सो कुकुर बौलाहा बनेर जङ्गल पसेको स्थानीय डम्बर कार्कीले बताए । आइतबार बिहान काब्रेको लप्सेमा तीन जनलाइ टोकेको सो कुकुरले सोमबार घाँसदाउरा गर्न गएकी पाइलेकी गीता कार्कीलाई जङ्गलमै टोकेको थियो । उनले जिब्रोबाट -याल निकालेर, पुच्छर झारेर हिँड्ने कुकुरले टोकेको बताइन् । कुकुरले टोकेपछि उनलाई उपचारको लागि बैतेश्वर अस्पताल लगिएको थियो । त्यस्तै सोमबार अनिता नेपालीलाई घरमै पुगेर बसिरहेको अवस्थामा दाइने खुट्टामा टोकेर गम्भीर चोट लागेको थियो । उनको उपचार जिल्लामा सम्भव नभएर काठमाडौँ लगिएको उनका श्रीमान् केदार नेपालीले जानकारी दिए ।

बैतेश्वर अस्पताल, जिरी अस्पताल र चरीकोट अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन पाउन नसकेको नेपालीले बताए । स्थानीय बैतेश्वर अस्पतालले जिल्लाभर खोप अभाव रहेकोे बताएपछि उपचार र भ्याक्सिनको लागि काठमाडौं पु¥याउनुपरेको उनले बताए । कुकुरलाई लप्सेबेँशीका स्थानीयले नियन्त्रण गर्न खोज्दा कुकुर भागेर जङ्गल पसेको थियो । बिहान बेलुकाको समय गाउँमा निस्केर मानिसलाई टोक्ने गरेकाले सिङ्गो गाउँका स्थानीय त्रसित बनेको उनले बताए ।

जिल्लाको मुख्य अस्पताल चरीकोट अस्पताल र जिरी अस्पतालमै रेबिजविरुद्ध दिइने रेबिजको भ्याक्सिन अभाव भएको कुकुरको आक्रमण परेकी गीता कार्कीले पनि बताइन् । जिरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर देबेन्द्र गौतमले पनि जिरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव रहेको बताए । अस्पतालमा केही दिनभित्र भ्याक्सिन उपलब्ध हुने उनको भनाइ छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x