फुजिमा आयल कम्पनीले स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने
काठमाडौं । फुजिमा आयल कम्पनी प्रालिले देशभरि नै महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराउने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार पत्रकार सम्मेलन गरी कम्पनीले यो वर्षभर नै नेपालभर रहेका महिलाहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुब्रिकेन्ट्समा प्रतिलिटर एक रुपैयाँ छुट्याएको जनाएको छ ।
साथै कम्पनीले मंगलबार नै विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको सुरुवात समेत गरेको छ । ग्लोबल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांकअनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग पाइएको छ । जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन एक करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ । त्यसमध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययनले देखाएको कम्पनीले जनाएको छ । क्यान्सरको यस भयावह अवस्थालाई मध्यनजर गरी महिलाहरुको जीवनरक्षाका लागि समयमा नै अस्पताल पुगी परीक्षण गराउन प्रोत्साहनस्वरुप फुजिमा आयलले यस अभियानलाई सुरुवात गरेको बताएको छ ।
यस्तै करिब तीन दशकदेखि कन्ट्रोल लुब्रिकेन्ट्सको उत्पादन गर्दै आएको फुजिमा आयलले आफ्नो उत्पादनमा प्रयोगपछिको समेत ग्यारेन्टीको लागि प्रोडक्ट लायबलिटी इन्स्योरेन्स गराएको छ । कम्पनीले कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिजमा इन्स्योरेन्स गराएको हो । कम्पनीले इन्स्योरेन्सअन्तर्गत कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्ट्स तथा ग्रिज प्रयोगपछि इन्जिनमा कुनै समस्या आएको प्रमाणित भएमा इन्स्योरेन्समार्फत क्षतिपूर्ति दिने गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया