निर्वाचन घोषणापछि जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी
कञ्चनपुर । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिदिएपछि कर्मचारीले जनप्रतिनिधिलाई टेर्न छाडेका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका जिल्ला समन्वय अधिकारी खेम प्रसाद चौधरीले त तीन महिनादेखि पदाधिकारीको सेवा सुविधा नै रोकिदिएका छन् ।
सेवा सुविधा रोक्का गरिएपछि असन्तुष्ट पदाधिकारीले बुधबार चौधरीलाई कार्यकक्षमा नै थुनेका थिए । दुई वर्षअघि कञ्चनपुरमा नै रहेका उनी सरुवा भएर बर्दिया जिल्ला समन्वय समिति र मुख्यमन्त्रीको कार्यालयमा समेत पुगे । त्यहाँबाट फेरि कञ्चनपुर आएका उनले आफूले बर्दिया र मुख्यमन्त्रीको कार्यालयमा बस्दा तलबभत्ता खान नपाएकोले उक्त रकम दिन माग गरिरहेका छन् । तर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले उक्त माग अस्वीकार गरिदिएपछि चौधरीले पनि पदाधिकारीको सेवा सुविधा रोक्का गरिदिएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख तामाङ चौधरीलाई हटाउन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय समेत पुगेका छन् । उनलाई त्यहाँबाट हटाउने तयारी समेत भइरहेको बताइएको छ ।
दुई वर्षअघि समन्वय समिति बसेका उनी बेलौरी नगरपालिका भएर बर्दिया समन्वय समिति पुगेका थिए । उनले बर्दिया र मुख्यमन्त्री कार्यालय बस्दा आफूले तलबभत्ता खान नपाएकाले पाउनुपर्ने माग गर्दै आएका छन् । त्यसलाई समन्वय समितिका प्रमुख तामाङ अस्वीकार गरेपछि समितिमा विवाद चर्किएको हो । समन्वय समितिबाहेक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले पनि जनप्रतिनिधिलाई बेवास्ता गर्न थालेका छन् । केही प्रमुख प्रशासकीय अधिकृतले प्रमुखको समेत फोन रिसिभ गर्न छाडेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया