Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

गड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालय आर्थिक वर्ष २०७८/७९ माघ महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयले चालू आवको माघ महिनासम्म ३० करोड ७२ लाख ५१ हजार रुपैयाँबराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर कार्यालयले भने ३४ करोड ८४ लाख ३२ हजार रुपैयाँ अथवा तोकिएको लक्ष्यभन्दा १३ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कञ्चनपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को राजस्व सङ्कलनको लक्ष्य ५२ करोड ७७ लाख ६० हजार रुपैयाँ राखेको छ ।

कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत प्रमानन्द जोशीले विगतका वर्षभन्दा पछिल्लो समयमा राजस्व सङ्कलनमा दिनानुदिन वृद्धि हुँदै गइरहेको बताए । आर्थिक वर्षमा प्रशासनमा गरिएको सुधारका कारण तथा भन्सार क्षेत्रमा गरिएका सुधार जनचेतना बढेका कारण राजस्वमा वृद्धि हुँदै गइरहेको जोशीको भनाइ रहेको छ ।

गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुटी बढी मात्रामा भारततर्फ निर्यात हुनेगरेको छ । खुला सिमाना र फितलो सुरक्षा व्यावस्थाका कारण कञ्चनपुरका विभिन्न नाकाबाट भन्सार छलेर भारत निर्यात तथ नेपाल भित्रिने क्रम रोकिएको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x