भारतको ब्यापक रुपमा बिस्तारित ब्राण्ड किड जी नेपालमा पनि बढ्दै
काठमाडौं । किड जी वर्तमान समयमा भारतको सबैभन्दा ब्यापक रुपमा बिस्तार हुँदै गरेको प्री स्कुल (प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा) चेन हो । ७५० भन्दा बढी भारतीय सहर र नेपालका ४ सहरहरूमा २ हजार भन्दा बढी केन्द्रहरूको अविश्वसनीय सञ्जालका साथ, किड जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र प्रत्येक बालबालिकामा रहेको अद्वितीय क्षमताको पोषणमा केन्द्रित छ ।
वर्षौंको समर्पित अनुसन्धानको साथ, किड जीले सिडिइ (बाल विकास र शिक्षा) क्षेत्रमा अतुलनीय मापदण्डहरू स्थापित गरेको छ । प्रत्येक बच्चाको विशिष्टता र तिनीहरूको असीम क्षमतालाई स्वीकार गरेको, किड जी सँग भारतको एक मात्र विश्वविद्यालय–प्रमाणित पूर्वस्कूल पाठ्यक्रम आइएलएलयुएमइ को स्वामित्व छ ।
बच्चाहरू जन्मने बित्तिकै आफ्नो वरपरको संसार खोज्न थाल्छन् । जीवनको पहिलो ६ वर्षमा मस्तिष्कको अधिकतम विकास हुने हुँदा यो अवधि प्रारम्भिक सीपहरू प्राप्त गर्नका लागि महत्वपूर्ण हुन्छ । किड जीमा, बालबालिकाहरूलाई बाल–केन्द्रित पाठ्यक्रम मार्फत आफ्नो खोज जारी राख्न प्रोत्साहित गरिन्छ ।
किड जी द्वारा २०२२ मा दुई नयाँ सेवाहरुहरू सञ्चालन हुँदैछन ।
(लर्न विथ किड जी र लर्निङ फेरिज)
लर्न विथ किड जी, घर मै बसेर आफ्नो बच्चाहरुलाई सिकाउन चाहने आमा बुवाहरुको लागि बनाइएको किट हो । यो ६ वटा बाकसहरूको सेट होः १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू र २ वर्ष ६ महिना देखि ४ वर्ष सम्मका बालबालिकाहरूका लागि ३ वटा बक्सहरू हुन्छन र सबै बाकसहरूमा प्रारम्भिक बाल हेरचाह विशेषज्ञहरूद्वारा प्रगतिशील रूपमा योजना गरिएका गतिविधिहरू छन् ।
यी गतिविधिहरूको योजना यस उमेरमा विकास गर्न आवश्यक पर्ने कौशलतामा केन्द्रित हुन्छ । सबै बाकसहरू साक्षरता, संख्यात्मकता, अवधारणा, रचनात्मक सीपहरू, कौशल सोच मा केन्द्रित छन् । कार्यक्रममा आमाबाबुका लागि निर्देशनात्मक भिडियोहरू, र बच्चाहरूको लागि राइम भिडियोहरू पनि समावेश छन् ।
किड जी एकेडेमिक गाइडबाट आउने कलहरू लर्न विथ किड जी कार्यक्रमको एक हिस्सा हुन् । यी गाइडहरूले आमाबाबुलाई मद्दत गर्छन् र तिनीहरूका सबै प्रश्नहरूको जवाफ दिन्छन । एउटा अनलाइन भिडियो–आधारित कार्यक्रम हो जसले बालबालिका लाई घरमा नै आरामले बसि बसि सिक्न मद्धत गर्छ । यी मनमोहक र आकर्षक भिडियोहरूको सेट हुन् जसले मूल पाठ्यक्रमका साथै सह–पाठ्यक्रमका विषयहरूलाई समेट्छ । किड जी मुख्यालयका स्टार शिक्षकहरूले हरेक हप्ता रमाइलो सत्र प्रदान गर्छन् ।
किड जी ले सन् २०१५ बाट नेपालमा आफ्नो सञ्चालन सुरु गरेको थियो र काठमाडौं, विराटनगर, चितवन र धरानमा ९ वटा प्रिस्कूलको नेटवर्कसँग राम्रोसँग काम गरिरहेको छ । किड जी ले अब नेपालभर विस्तारको दोस्रो चरणमा प्रवेश गर्ने योजना बनाएको छ । हाल प्ष्मशभभ काठमाडौंको मैतीदेवी, कलंकी, बौद्ध, बानेश्वर, सानेपा, सातदोबाटो र काठमाडौं बाहिर विराटनगर, धरान र चितवनमा रहेको छ र निकट भविष्यमा नै नेपालका विभिन्न स्थानहरुमा पनि प्ष्मशभभ विस्तार हुने अवगत गराएको छ ।
जब कुनै बच्चा को शिक्षाको कुरा आउछ, कुनै पनि अभिभावकको पहिलो रोजाइ प्ष्मशभभ नै हुन्छ । हामी पाठ्यक्रम, मानव संसाधन, सेवाहरू, इत्यादिको सन्दर्भमा आफूलाई अद्यावधिक र अपग्रेड गर्न जारी राख्छौं । किड जी ले नेपालमा पूर्व–विद्यालय शिक्षामा आफ्नै बेन्चमार्क सेट गरेको छ । किड जी बाल विकासको नेतृत्व गर्न प्रतिबद्ध छ र हरेक बालबालिकामा रहेको ‘अद्वितीय क्षमता’ को पोषणमा केन्द्रित छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया