Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटक आगमन वृद्धि गर्न होटल व्यवसायीको चासो

पर्यटक आगमन वृद्धि गर्न होटल व्यवसायीको चासो


दोलखा । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा पर्यटकको आगमन वृद्धि गर्न कुरीका स्थानीय होटल व्यवसायीहरूले चासो देखाएका छन् । कुरी होटल व्यवसायी संघले कुरीका ५० वटा होटल सञ्चालकहरूसँग सामूहिक छलफल गरेर पर्यटकको आगमन वृद्धि गराउनका लागि विभिन्न निर्णय समेत गरेको छ ।

कुरी होटल व्यवसायी संघले अनिवार्य मूल्यसूची राख्नुपर्ने, फागुपुर्णिमा हुनसक्ने ठगी रोक्न शुक्रबारसम्म संघ र कालिञ्चोक मन्दिर व्यवस्थापन समितिले अनुगमन गर्ने, कोठा र खानाको शुल्क तोकिएको भन्दा बढी लिएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । त्यसैगरी सबै होटलको कोठाको मूल्य निर्धारण गर्ने, पूजासामग्री व्यवस्थापन गर्ने निर्णय गरेको कालिञ्चोक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज तामाङले जानकारी दिए ।

संघले स्थानीय खानाको परिकार बनाउने कुक उत्पादन गर्न १५ दिने कुक तालिम समेत सञ्चालन गर्ने भएको छ । कुरीकै स्थानीय होटल व्यवसायीलाई सीपयुक्त प्राविधिक ल्याएर प्रशिक्षण दिने संघले निर्णय गरेको हो । कोरोनाले लामो समय थलिएको कालिञ्चोकमा फागु पूर्णिमामा होली खेल्न सयौँको संख्यामा पर्यटक बुधबार कालिञ्चोक पुगेका छन् । संघले बुधबारदेखि शुक्रबारसम्म तीन दिनमा १५ हजार पर्यटक भित्रिने अनुमान गरेको संघका अध्यक्ष भीमसेन पाख्रिनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x