Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदैलेखको महाबुमा निर्माणाधीन सोलार मिनिग्रिड आयोजनाको काम अन्तिम चरणमा

दैलेखको महाबुमा निर्माणाधीन सोलार मिनिग्रिड आयोजनाको काम अन्तिम चरणमा


दैलेख । दैलेखको महाबु गाउँपालिका वडा नम्बर ३ बासिको (रिठ्ठा)मा निर्माणाधीन एक सय २० किलोवाट क्षमताको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

सौर्य ऊर्जाको माध्यमबाट विद्युत् निकाली रिठ्ठाका चार सय ६६ घरधुरीमा विद्युत्को पहुँच पु¥याउने उद्देश्यसहित सुरु गरिएको आयोजना निर्माणको काम करिब ९९ प्रतिशत सम्पन्न भएको आयोजना उपभोक्ता समितिका अध्यक्ष धन बहादुर मल्लले जानकारी दिए । उनका अनुसार आयोजनाको पहिलो चरणअन्तर्गतको काम सम्पन्न भई बस्तीमा रहेका केही घरधुरीहरूमा बिजुलीबत्ती बल्न सुरु भइसकेको छ । बाक्लोे बस्ती रहेको रिठ्ठाका चार सय ६६ घरधुरीमा विद्युत्को पहुँच पु-याउने लक्ष्य रहेको उनले बताए । केही घरधुरीमा बिजुली बलिसकेको र लगत्तै बस्तीका बाँकी अन्य घरधुरीमा बत्ती बाल्ने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए ।

आयोजना निर्माणको लागी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र महाबु गाउँपालिकाको १० प्रतिशत गरी कुल छ करोड ५३ लाख रूपैयाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौंले ठेक्का पाएको थियो । गत वैशाख १० गतेदेखि सुरु गरिएको उक्त सोलार मिनिग्रिड आयोजनाको निर्माणकार्य एक वर्षअगावै सम्पन्न भएको हो । अहिले परीक्षण चलिरहेको बताउँदै उपभोक्ता समितिका अध्यक्ष मल्लले लाइनहरू नपुगेको घरहरूमा पनि तारहरू जडान गर्ने काम धमाधम भइरहेको बताए ।

आयोजनाअन्तर्गत तीन सय २५ वाट क्षमताका तीन सय ७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा बदल्न ६० किलोवाट क्षमताका दुईवटा इन्भर्टर जडान गरिएको छ । ब्याकअपको लागि समेत १२ वटा इन्भटर राखिएको छ । प्लान्टले २४ घन्टा विद्युत् उत्पादन गर्ने बताइएको छ ।

आयोजनाले उक्त बस्तीमा रहेका नागरिकलाई एक घरबराबर अनुदानस्वरूप बल्ब, होल्डर, मिटर बक्स, कालो तार पनि उपलब्ध गराएको छ । सोलार हाइड्रोमार्फत उक्त क्षेत्रमा विद्युत् आयोजना सञ्चालनपछि बत्ती बाल्न र विद्युतीय उपकरणबाट चल्ने सामग्रीको प्रयोगमा सहज हुने भन्दै स्थानीय खुसी भएका छन् । सौर्य ऊर्जाको माध्यमबाट सञ्चालित उक्त विद्युत्लाई निरन्तरता दिनका लागि काम गर्ने र निकट भविश्यमै उक्त सौर्य विद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी पनि भइरहेको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x