Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दूतमा शाही र शाक्य नियुक्त

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दूतमा शाही र शाक्य नियुक्त


काठमाडौं । ‘सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल’ प्रतियोगिताको सद्भावना दूतमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्यलाई नियुक्त गरिएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दूत नियुक्त गरेको हो ।

यस फाउन्डेसनको आयोजनामा पाल्पाको तानसेनस्थित रानीमहलमा चैत २४, २५ र २६ गते राष्ट्रिय महिलाबीच भलिबल’ आयोजना हुनलागेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा ख्याती कमाउन सफल शाही र शाक्यको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास फाउन्डेसनले लिएको छ । साथै, यस प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्वगभर्नर चिरञ्जीवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा फाउन्डेसनका पदाधिकारीसहित राजधानी काठमाडौंसहित पाल्पामा रहेका प्रतिष्ठित सामाजिक व्यक्तित्व र संघसंस्था आयोजक समितिका सदस्य छन् । आयोजक समितिमा उवा संघ पाल्पा, पाल्पा व्यापार संघ, होटल संघ, खेलकुद विकास समिति, महिला उद्यमी संघहरूलगायत विभिन्न संस्था रहेका छन् । प्रतियोगिता आयोजनास्थल पाल्पामा आवश्यक संयोजन र व्यवस्थापनका लागि पाल्पा उद्योग वाणिज्य संघलाई जिम्मेवारी तोकिएको आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघसँगको सहकार्यमा फाउन्डेसनले तीनवटा विभागीय टिम र सात प्रदेशका टिमलाई समावेश गर्दै प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी समावेश हुनेछन् । बिच भलिबलको माध्यमबाट पाल्पाको रानीमहलको पर्यटन प्रबर्द्धन र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढेको फाउन्डेसनका अध्यक्ष निरोज मास्केले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x