नगरमा ढल निकासको व्यवस्था गर्न जनप्रतिनिधि असफल
बझाङ । जयपृथ्वी नगरपालिकाले ढल निकासको उपयुक्त व्यवस्था गर्न सकेको छैन । नगरपालिकामा जनप्रतिधि चयन भएर आएपछि उनीहरूले ढल निकासको उचित व्यवस्थापन गर्ने बताएका थिए । तर पाँचवर्षे कार्यकाल सकिन लाग्दा पनि उनीहहरूले ढल निकासीको व्यवस्था गर्न सकेनन् ।
ढल निकासीको राम्रो व्यवस्था नहुँदा नगर सधैजसो दुर्गन्धित हुनेगरेको छ । नगरपालिकाले नगर सफा गर्नको लागि भन्दै होटेल पसलबाट मासिक एक सय रुपैयाँका दरले पैसा असुल्दै आएको छ । नगर सफा गर्ने नाममा पैसा असुले पनि ढल निकास व्यवस्थित नहुँदा सदरमुकाम चैनपुर सफा हुन सकेको छैन । ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधैँजसो दुर्गन्धित हुनेगरेको स्थानीय बताउँछन् ।
सिँचाइ कुलो र घर–घरबाट निस्कने ढल सडकमा आउँदा मानिसहरूलाई हिँडडुल गर्न समेत सास्ती हुनेगरेको छ । ‘सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भइसक्यो’, स्थानीय भन्छन्, ‘झन् मानतावादी राजा जयपृथ्वी सिंहको नाममा नगरपालिकाको नामाकरण गरिएको छ ।’ बाग्लो बस्ती भएकाले जताततै फोहोरै फोहोर छ तर नगरपालिकाले फोहोर उठाउन कुनै चासो देखाएको छैन । लोकतान्त्रिक चोक, प्रशाशन चोक, सुर्मादेवी मन्दिर, चौगाउँ टोललगायतका ठाउँमा फोहोरको थुप्रो लाग्नेगरेको छ । पानीका पाइप लाइन, सिँचाइको कुलो तथा ढल निकासको लागि बनाएको नाला ठेकेदारहरूले तोकिएको मापदण्ड पूरा नगरेका कारण फोहोर अड्किने गरेकोले यस्तो अवस्था सिर्जना भएको नगरवासीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया