दैलेख । दैलेखको आठबिस नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिम सञ्चालन गरेको नयाँ उद्यमी सिर्जना गर्ने कार्यलाई निरन्तरता दिएको छ । युवाहरूलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले पालिकाले चालू आर्थिक वर्षमा ८८ जना युवाहरूलाई छोटो तथा लामो अवधिका सीपमूलक तालिम प्रदान गरेको छ ।
‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’ अन्तर्गत उक्त युवाहरूलाई सीपमुलक तालिम दिएको नगरपालिकाका उद्योग तथा व्यवसाय प्रवर्द्धन उपशाखा प्रमुख दिनेश बिकले जानकारी दिए । विपन्न, दलित, जनजाति, अपाङ्गलगायतलाई छनोट गरी विभिन्न सीपमूलक तालिम प्रदान गरिएको हो । पालिकाले ८५ जना नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्य राखेको भए पनि उक्त सङ्ख्यालाई बढाएको विकले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत पालिकाको वडा नम्बर १ देखि ४ सम्म र ७ नम्बरका ५१ जनालाई सातदिने दालमोट उत्पादनसम्बन्धी तालिम प्रदान गरी आवश्यक औजारहरू समेत हस्तान्तरण गरिएको उनको भनाइ छ । यस्तै वडा नम्बर २ का १० जनालाई चाउमिन उद्योग, वडा नम्बर ३ का सात जना युवाहरूलाई एकमहिने (एडभान्स) कोट–पाइन्ट सिलाइकटाइ तालिम वडा नम्बर ४ का १० जनालाई तीनमहिने ढाकाको कपडा बुनाइ तालिम र वडा नम्बर ७ का १० जनालाई हाते होजियारी तालिमसहित उद्यम सञ्चालनका लागि आवश्यक प्रविधि तथा औजार समेत प्रदान गरिएको छ ।
पालिकाले गत आवमा ५० जना युवाहरूलाई तालिम प्रदान गरेको थियो । उनीहरूलाई चालू आवमा पनि स्तरोन्नतिमा सघाउ पु¥याउनका लागि छोटो अवधिका तालिम सञ्चालन गरी आवश्यक प्रविधि हस्तान्तरण गरिएको पालिकाले जनाएको छ । जसअन्तर्गत १० जनालाई सिलाइकटाइ तालिम, ११ जनालाई तरकारीखेती तालिम, १० जनालाई कुखुरा वितरण, १५ जनालाई सिलाइकटाइ मेसिन तथा चार जनालाई चाउमिन उत्पादन गर्ने औजारहरू उपलब्ध गराउने तयारी भइरहेको पालिकाले जनाएको छ । तालिम लिएका युवाहरू हाल विभिन्न व्यवसायमा सक्रिय भई आय–आर्जनमा समेत जुटिरहेका छन् । उनीहरूले उत्पादन गरेका वस्तुलाई बिक्रीवितरणका लागि पालिकाले बजारीकरणमा पनि सहयोग गरिरहेको छ ।
यस्तै निकट भविष्यमै उद्यमीहरूको प्रोत्साहनका लागि उत्पादित वस्तुहरूलाई उद्यमी मेलाको आयोजनामार्फत प्रदर्शन गर्ने, नयाँ उद्यमीहरूलाई आवश्यक सहुलियत ऋण उपलब्ध गराउन पालिकामा रहेका वित्तीय बैकहरूसँग सहकार्य तथा अन्तरक्रिया गर्नेलगायतका तयारीहरू पनि गरिरहेका पालिकाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया