Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधस्थानीय तहमा शिलान्यास गरिएका अस्पतालको निर्माणकार्य अलपत्र

स्थानीय तहमा शिलान्यास गरिएका अस्पतालको निर्माणकार्य अलपत्र


कञ्चनपुर । कञ्चनपुरका स्थानीय तहले संघीय सरकारको आयोजनामा गत वर्ष एकसाथ शिलान्यास गरेका अस्पतालहरू अहिले अलपत्र परेका छन् । अस्पताल नभएका तीन सय ९६ पालिकामा एक साथ अस्पताल निर्माणका लागि संघीय सरकारले २०७७ मंसिरमा भवन निर्माणको लागि शिलान्यास गरेको थियो । सोही समय कञ्चनपुरका पालिकामा पनि अस्पताल शिलान्यास गरिएका थिए ।

५ देखि १५ शय्याको अस्पताल बनाउने संघीय सरकारको योजना भए पनि कञ्चनपुरका पालिकाहरूले अस्पताल बनाउने कार्यको भौतिक कार्य अघि बढाएका छैनन् । जिल्लाका बेलौरी, दोधारा चाँदनी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाले अस्पताल निर्माणका लागि टेन्डर आह्वान गरेका छन् भने बेलडाँडी गाउँपालिकाले टेन्डर समेत आह्वान गरेको छैन । बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाप्रमुख माधवानन्द भट्टले पहिलो चरणमा बेलडाँडीमा अस्पताल निर्माणका लागि कार्यक्रम नै नदिएको बताए । ‘पहिलो वर्ष हामीलाई १५ शय्याको अस्पताल बनाउन केन्द्र सरकारबाट कार्यक्रम दिएन’, उनले भने, ‘दोस्रो वर्ष दिएको छ, हामीले डीपीआर बनाएर पठाएका छौँ, स्वीकृत भएर आए काम हुन्छ ।’

बेलौरी स्वाथ्य शाखा कोभिड फोकल प्रश्न मान बहादुर चन्दले टेन्डर भएर काम सुरु गरिएको बताए । ‘अस्पताल निर्माणका लागि काम भएको छ’, उनले भने, ‘सुरुवाती चरणमा काम अघि बढेको छ ।’ पुनर्वास स्वाथ्य शाखा कोभिड फोकल राम बहादुर धामीले चन्दले टेन्डर भएर काम सुरु गरिएको बताए । उनका अनुसार पुनर्वास नगरपालिका ५ मा काम सुरु भएको छ । वेदकोट नगरकाप्रमुख प्रशासकीय अधिकृत पदम भट्टले १५ शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र शर्मा जेभी निर्माण व्यवसायीसँग सम्झौता भएको बताए । ‘हाम्रो नगरमा अस्पताल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ’, उनले भने, ‘भोगाधिकारको काम अन्तिम चरणमा हुँदा निर्माण कार्य सुरु गरिएको छैन ।’

दोधाराचाँदनी नगरपालिका स्वास्थ्य शाखाप्रमुख अस्पतालको फाउन्डेसन निर्माण भएर काम सुरु गरिएको बताए । कृष्णपुर नगरपालिका स्वास्थ्य संयोजक रतन विष्टले नगरपालिकाको साबिक स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ शय्या र रैकबारविचुवामा समेत १५ शय्याका लागि टेन्डर आह्वान भएको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x