नारायण नगरपालिकामा खरको छानामुक्त अभियान
दैलेख । दैलेखको नारायण नगरपालिकाले खरको छानामुक्त अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत पालिकाले चार सय ५९ परिवारलाई जस्तापाता वितरण गरेको जनाएको छ ।
पालिकाले आर्थिक वर्ष २०७६/७७ मा खरको छाना विस्थापन गर्ने नीति नगरसभाबाट पासगरी कार्यविधि निर्माणसँगै अभियान सुरु गरेको थियो । सोही अभियानअन्तर्गत हालसम्म यहाँका चार सय ५९ खरको छाना भएको घरका परिवारलाई जस्तापाता वितरण गरिएको नगरप्रमुख रत्न बहादुर खड्काले जानकारी दिए । उनका अनुसार आर्थिक अवस्था कमजोर हुँदा घरमा खरको छाना छाएर जीवन बिताउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त अभियानको सुरुवात गरिएको थियो, जुन अहिले राष्ट्रव्यापी अभियान नै बनेको छ । सुख्खा मौसममा खरको छानामा आगलागीको जोखिम बढी हुनाले नै खरको छाना विस्थापन गर्ने अभियान थालेको उनले बताए । योसँगै वर्षेनी घर छाउनुपर्ने बाध्यताबाट पनि स्थानीयले मुक्ति पाएका छन् ।
नगरभित्रका खरको छाना भएका विपन्न समुदायका परिवारहरूको विवरण संकलन गरेर खरको छानाको सट्टा जस्तापाता वितरण गरेपछि आगलागीजस्ता समस्याका कारण धनजनको क्षति हुनबाट जोगिने र वर्षाका बेला चुहिने छानामुनी बस्नुपर्ने बाध्यताको अन्त्य भएको नगरप्रमुख खड्का बताउँछन् । उनका अनुसार गत आर्थिक वर्षमा तीन सय १९ घर परिवारलाई जस्तापाता वितरण गरिएको थियो । संघीय सरकारको एक करोड, नारायण नगरपालिकाको ३० लाख र प्रदेश सरकारको ३० लाख गरी कुल एक करोड ६० लाखको टेन्डर गरी एक करोड २८ लाखमा टेन्डर स्वीकृत भई सो रकमबराबरको पाता खरिद गरिएको थियो । यस्तै चालू आवमा प्रदेश सरकारको २० लाख र नगरपालिकाको २० लाख गरी ४० लाखको टेन्डर गरिएकोमा ३४ लाखमा टेन्डर स्वीकृत भई पाता खरिद भएको र वितरण कार्य चलिरहेको उनले जानकारी दिए । यो वर्षभित्र पालिकाका कुल छ सय घरपरिवारलाई खरको छानामुक्त गरिने नगरपालिकाको लक्ष्य छ ।
खरको छानामुक्त गर्ने कार्यक्रम मुलुकभरको राष्ट्रिय कार्यक्रम भएको बताउँदै यस्ताखाले कार्यक्रमहरूले प्रत्येक वर्ष निरन्तरता पाउनुपर्नेमा नगरप्रमुख खड्काले जोड दिए । यस्तै लामो समयदेखि टिनको पाता लगाएर बसेका तर पाता पुरानो भएर जीर्ण हुँदा समस्या भोगिरहेका नागरिकहरूको पनि पहिचान गरी पाता वितरण गर्ने उनले बताए । पालिकाले विकास निर्माणका कामहरू योजनाबद्ध तरिकाले सुरु गरिसकेकाले आगामी दिनहरूमा जुनसुकै सरकार आए पनि प्रभावकारी कार्यक्रमले निरन्तरता पाउने गरी नीति बनाएर काम गरिरहेको नगर प्रमुख खड्काकोे भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया