Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबैतेश्वर गाउँपालिकाबाट आर्थिककर्मी बस्नेत सम्मानित

बैतेश्वर गाउँपालिकाबाट आर्थिककर्मी बस्नेत सम्मानित


दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले आर्थिक दैनिकका दोलखा संवाददाता सुबास बस्नेतलाई सम्मान गरेको छ । गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालयमा आयोजना गरेको निःशुल्क जग्गा दान गर्ने जग्गादाता सम्मान कार्यक्रमको अवसरमा बस्नेतलाई पनि सम्मान गरेको हो ।

पालिकाले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रमको बारेमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट सत्यतथ्य खबर सम्प्रेषण गरी आम नागरिकलाई जानकारी गराई सुसाशन र विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै गाउँपालिकाले बस्नेतलाई सम्मानपत्रसहित सम्मान गरेको हो । विकास निर्माणका हिसाबले उदाहरणीय कार्यमा लम्किरहेको यस गाउँपालिकाको कार्यालय स्थापना गर्न गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ का ७५ जनाले जग्गादान गरेका थिए । पालिकाले जग्गादाता सबैलाई पालिकामा उपस्थित गराएर सम्मान गरेको छ । २०७४ सालमा भएको निर्वाचनपछि कार्यालयको केन्द्र राख्न दुई वडाका ७५ जना जग्गा दाताले निःशुल्क ५५ रोपनी व्यक्तिगत जग्गा गाउँपालिकालाई सामूहिक दान गरेका थिए ।

स्थानीय तहमध्ये सबैभन्दा बढी जग्गादान प्राप्त गर्न सफल गाउँपालिका बैतेश्वर भएकाले जग्गादातालाई सम्मान गरेको पालिका अध्यक्ष छवि लामाले बताए । अध्यक्ष लामाले ५५ जना जग्गादाता, ११ जना जग्गा व्यवस्थापन समितिका प्रतिनिधि र पत्रकार बस्नेतलाई सम्मान गरेका हुन् । कार्यक्रममा उनले जग्गादाताले आफूलाई विश्वास गरेर सबैभन्दा बढी जग्गा निःशुल्क दान गरेर बैतेश्वरको विकास निर्माणमा ठूलो योगदान पु¥याएको बताए । पालिकाले सुक्खा डाँडामा गाउँपालिकाको पहिलो गाउँसभा बैठक राखेर सोही ठाउँलाई स्थायी केन्द्र तोकेको थियो । अहिले गाउँपालिकाले २१ कोठाको पक्की भवनबाट सुविधा प्रदान गर्दै आएको छ । उक्त ठाउँमा सम्पूर्ण संरचना बनिसकेका छन् । यस्तै लामाले गाउँपालिकाको केन्द्रदेखि वडाका शतप्रतिशत भवन निर्माण गर्न सफल भएको बताए ।

कार्यक्रममा दुई रोपनी जग्गा दान गर्ने भिम बहादुर खत्रीले गाउँपालिकाले आफूले दान गरेको जग्गामा केन्द्र तोकेर महत्वपूर्ण विकास निर्माण गर्न सफल भएको भन्दै गाउँपालिका अध्यक्षलाई बधाई दिए । कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आचार्य, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश पोख्रेल, गाउँपालिका प्रवक्ता शमशेर घिसिङलगायत जग्गा व्यवस्थापन समिति, जग्गादातालगायतको उपस्थिति थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x