Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधताप्लीका स्थानीय टेलिफोन गर्नको लागि डाँडाकाँडा धाउन बाध्य

ताप्लीका स्थानीय टेलिफोन गर्नको लागि डाँडाकाँडा धाउन बाध्य


महेन्द्र शाही
सोलुखुम्बु, माघ २९
नेपाल टेलिकमले हरेक ग्रामीण क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ । फोरजीको जमानामा पनि केही ठाउँमा भने टेलिफोनका समान्य सेवा पनि पुग्न सकेको छैनन् । यस्तै बाध्यता रहेको छ उदयपुरको ताप्ली गाउँपालिकामा । ताप्ली गाउँपालिकामा टेलिफोनमार्फत कतै कुरा गर्नुपरेमा डाँडाकाँडा जानुपर्ने बाध्यता रहेको छ । टेलिकमले फोरजीभन्दा पनि यहाँका स्थानीयलाई सामान्य टेलिफोन विस्तार गर्न सकेको खण्डमा यहाँका स्थानीय बढी लाभान्वित हुने थिए ।

अत्यावश्यक भइसकेको टेलिफोनको टावर आउने जाने भइरहँदा खबर आदान प्रदानमा समस्या हुनेगरेको ताप्ली गाउँपालिका वडा नम्बर ४ का स्थानीय शेर्पा परियाको भनाइ छ । आफूहरूले कुनै पनि समाचार आदानप्रदान गर्नका लागि डाँडाकाँडा चाहर्नु पर्ने उनको भनाइ छ । टेलिफोनको टावर राखिएको भए पनि टेलिफोनको टावरमा विद्युतको व्यवस्था नभएकाले समस्या भएको स्थानीयको भनाइ छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा राखिएको टावरमा विद्युत् नपुगेको र सोलारबाट सञ्चान हुदा घाम लागेको दिनमा केही सहज भए पनि डाँडातिर जानु पर्ने बाध्यता रहेको नम्बर ५ का स्थानीय वीरबहादुर सुनुवारको भनाइ छ । घाम नलागेको दिनमा कुरा गर्ने सम्भावना अत्यन्तै कम हुने उनको भनाइ छ । गाउँबाट बाहिर गएकाहरूसँग कुराकानी गर्न समय मुश्किल हुने उनको भनाइ थियो । आफूहरूलाई फोरजीभन्दा पनि सामान्य फोन लाग्ने बनाइदिन स्थानीयले आग्रह गरे । यस विषयमा गाउँपालिका लागि रहेको र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत्को लागि कुरा भइरहेको गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले बताए ।

टेलिकमको टावर भएको स्थानमा विद्युत् लिने काम धमाधम भइरहेकाले छिट्टै समस्या समाधान हुने अध्यक्ष थापाको भनाइ छ । समृद्ध स्थानीय तह बनाउने भने स्थानीय सरकार प्रमुखहरू भाषण गरेकै हुन्छन् । तर, समृद्धिको कुरा गर्ने स्थानीय तहका लागि आवश्यक पर्ने सामान्य कुरामा पनि ध्यान दिन नसकिएको अवस्था देखिएको छ । ठूला आश्वासनभन्दा सामान्य विषयमा जनप्रपतिनिधिको ध्यान जान जरुरी देखिन्छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x