बढुवा भएका एआईजीलाई दर्ज्यानी चिह्न, बढुवाविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई बिहीबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबारको निर्णयले चैत ८ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व बहन गर्नका निम्ति सफल हुने विश्वाससमेत व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकले आगामी दिनमा देखाउने कर्तव्यपरायणता र इमान्दारीले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।
उता सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानुनीरूपमा बढुवा गरेको उल्लेख गर्दै बिहीबार डीआईजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् ।
डीआईजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ । आइतबारका लागि पेसी तोकिएको छ । रासस
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया