Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचरीकोट–जिरी सडकखण्ड निर्माणकार्य सम्पन्न

चरीकोट–जिरी सडकखण्ड निर्माणकार्य सम्पन्न


दोलखा । जिल्लाको सदरमुकाम चरीकोटदेखि जिरीसम्म जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिको काम सकिएको छ । तीन वर्षअघिदेखि स्तरोन्नति गर्न सुरु गरिएको सो सडकखण्डको ५५ किलोमिटर सडकको कालोपत्रेसहित सम्पूर्ण कार्य सकिएको आयोजनाका मुख्य परामर्शदाता सीमित ईआएमसी जेभी प्रमुख इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार चैतको दोस्रो साता नै कालोपत्रे राख्ने काम सकिएको थियो । ३३ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण भएको उक्त सडकको २०७४ सालबाट सडक विस्तारसहित स्तरोन्नतिको काम थालिएको हो । सो सडकको स्तरोन्नति गर्न भारतीय एक्जिम बैंककले तीन अर्ब ७० करोड सहुलियत ऋण सहयोग गरेको छ ।

सडक निर्माण गर्न सरकारले २०७४ सालमा नेपाली सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोडमा सम्झौता गरेको थियो । उक्त सडकको नाला, ग्याबिन वाल, वायोइन्जिनियरिङ कार्य, जोखिम न्यूनीकरणका संरचनासहित ५५ किलोमिटरकै कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । निर्माण कम्पनीले राज्यले तोकेको समयभित्र नै सडकको काम सकेको बताएको छ ।

कम्पनीका अनुसार दुई महिनाअघि नै ५२ किलोमिटरको काम सकेको थियो । यस्तै बाँकी तापक्रम नपुग्ने तथा हिमपात हुने काभ्रेको हिटीदेखि खावासम्मको सडकको कालोपत्रे हाल्न फागुन अन्तिम सातादेखि सुरु गरेको थियो । यस्तै कम्पनीले पछिल्लो दुई महिनामा भत्केको, बिग्रेको, पहिरो गएको ठाउँमा पनि पुनः मर्मत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x