सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरी बलको बीओर्पी
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) गुम्बाको स्थापना गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २३ गते आयोजित एक समारोहबीच उक्त बिओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध जिम्मेवारीहरुमा परिचालित हुनेछ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम देखि करिब एक सय १४ किलोमिटरको दूरीमा नेपाल चीन सीमा नाकामा स्थापना गरिएको उक्त बीओपीले बुधबारबाट कार्य सञ्चालन गरेको हो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको सीमानाकामा सशस्त्र प्रहरीको परिचालन बढाउने नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु स्थापना गर्दै लगिएको उल्लेख गरे ।
उनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले हिमालको कठ्यांग्रिने जाडोदेखि तराईको प्रचण्ड गर्मी रहेका कठिन भौगोलिक इलाकाहरुमा खटिई राष्ट्र र आम नागरिकको सेवा, सुरक्षा, उद्धार, राहत वितरणलगायतका राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा देखाएको इमानदारिता, कर्तव्यपरायणता र समर्पण भावको त्यसै अवसरमा प्रशंसा गरे ।
सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर भट्टराईको कमाण्डमा आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपालको टोली त्यस ठाउँमा खटिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ई. किशोर प्रधान, सशस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण सिन्धुपाल्चोकका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीलगायत जुगल गाउँपालिकाका अध्यक्ष तथा स्थानीय भद्रभलादमीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया