मुलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटन क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
काठमाडौं । पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले मुलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटन क्षेत्रको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । नेपाल नागरिक प्राधिकरण, लोकतान्त्रिक कर्मचारी संघको पाँचौँँ केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै राणाले आर्थिक क्षेत्रको पनि महत्वपूर्ण क्षेत्र पर्यटनलाई अझ सशक्त बनाउन नागरिक उड्डयन क्षेत्रको सेवा र भूमिका महत्वपूर्णका साथै प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
साथै उनले सञ्चालनमा आउनलागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । ‘गौतमबुद्ध एयरलाइन्समा अहिले जजिरा एयरलाइन्सले मात्रै व्यावसायिक उडानको लागि सेवा प्रदान गर्दै छ’, राणाले भने, ‘अन्य एयरलाइन्सलाई समेत आकर्षित गर्न हामीले विशेष पहल गर्नुपर्छ ।’ दुई प्रतिशत महंगो ब्याजमा ऋण लिएर बनाइएका ती एयरपोर्ट घाटामा सञ्चालन भए मुलुकले ऋण तिर्न नसक्ने भन्दै यसको असर बन्नलागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसमेतमा पर्ने उनको भनाइ छ । एयरपोर्ट साँच्चिकै ‘एयरपोर्ट’जस्तै र त्यसको सेवा सुविधा पनि उस्तै हुनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘माइलस्टोन डेभलपमेन्ट’को रुपमा बनेका दुईवटै अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध जन्मेको दिनमा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षदेखि व्यावसायिक उडान सञ्चालन हुने जानकारी दिए । ‘प्रतिवर्ष ९२ लाखलाई सेवा दिने क्षमता भएको एयरपोर्टमा हामीले कोभिडको महामारीबीच पनि ९० लाखलाई सेवा दिएका छौँ’, अधिकारीले भने, ‘हवाइ उड्डयनप्रति सर्वसाधारणको आकर्षण बढिरहेको सन्दर्भमा प्राधिकरणको सेवा प्रभावकारिताका साथै चुस्त र दुरुस्त हुनुपर्छ ।’
कार्यक्रममा वक्ताहरुले प्राधिकरण ‘सेपरेसन’को विषय, ‘सेफ्टी अडिट’का विषयमा समेत चर्चा गरेका थिए । कर्मचारी संगठनका नेतृत्वहरूले पूर्वाधार निर्माणका नाममा गरिने खर्च अनुत्पादन भए खबरदारी गर्ने भन्दै कर्मचारीका तलब सुविधाका साथै हक अधिकार विषयमा चर्चा गरेका थिए । संघका पूर्वअध्यक्ष बलबहादुर बस्नेतसहितले उठान गरेको कर्मचारी बोनसलाई लोकतान्त्रिक कर्मचारी संघका वर्तमान अध्यक्ष लक्ष्मणकुमार गिरीले अहोरात्र खटेर टुंग्याएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष गिरीले प्राधिकरण व्यवस्थापनले दिएको जिम्मेवारी पूरा गर्न सबै कर्मचारीहरु प्रतिबद्ध रहेको बताए ।
भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपाल नागरिक उड्डयन कर्मचारी संघको पाँचौँ केन्द्रीय अधिवेशनले गणेशप्रसाद भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा भैरव खड्का चयन भएका छन् भने उपाध्यक्षमा स्मारिका भैललाई चयन गरिएको छ । त्यस्तै महासचिवमा मनोज दंगाल सचिवमा दिनेश निरौला र कोषाध्यक्षमा सविता वाग्ले चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा सदस्यहरुमा सुजन भण्डारी, विनय गौतम, सृजना श्रेष्ठ, वसन्त शर्मा, विशाल घिमिरे, सुजनकुमार दाहाल, राजेन्द्र सापकोटा, शंकर रिजाल, उज्वल तिवारी, आकाश महतो र गोपालप्रसाद ढकाललाई चयन गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया