मलासवासीलाई भीमदत्तको आश : ‘सदरमुकाम त पराइजस्तै भो, मलासलाई कञ्चनपुरमा गाभिदिए हुन्थ्यो’
जप्रेल । मानिसले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पर्याप्त विकास भएको होला भनेर अनुमान गर्छन् । देउवा पटक–पटक गरी हालसम्म पाँच पटक प्रधानमन्त्रीजस्तो पदमा आशिन भइसकेका छन् । उनको निर्वाचन क्षेत्रमा पनि भएकोले उक्त क्षेत्रमा विकास भएको होला भनेर जो कोहीले सोच्नु नौलो होइन । तर देउवा चुनावको समयमा समेत आफू उठेको निर्वाचन क्षेत्रमा पुग्दैनन् । यसो त उनले डडेल्धुराको सबै क्षेत्रमा हालसम्म पाइला टेकेका छैनन् होला ।
राजधानीमा डडेल्धुरा घर भएका देउवाको राजनीतिक शक्ति जतिसुकै भए पनि उनकै मतदाता डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ७ मलासका बासिन्दा भने दशकौंदेखि सडक यातायातको पर्खाइमा रहे । तर देउवाले उक्त सडक ल्याउने प्रयास कहिल्यै गरेनन् । सायद देउवाले मलास क्षेत्रमा पाइलासम्म पनि टेकेका छैनन् होला । मलास क्षेत्रका जनताको व्यथा सुनाउँदै सिद्धनाथ माध्यमिक विद्यालय मलासका शिक्षक अम्मराज विष्ट भन्छन्, ‘मेरा बाजे बाटोकै आशमा बिते, बुबा पनि बिते, मेरै उमेर पनि जान लागेको थियो, सडक आउने आश नै थिएन तर बाटो खुल्यो । विश्वास नै लागेको छैन, खुसीको कुनै ठेगान छैन ।’
कञ्चनपुरको महेन्द्रनगरबाट मलास क्षेत्रमा सडक पुगेपछि हामीले झेलेको दुःख सन्ततिले भोग्नु नपर्नेमा उनी आशावादी छन् । ‘१५ किलो चामल ल्याउन पहाडको उकाली–ओराली काट्दै पैदल दुई घण्टा हिँडेर महेन्द्रनगरसम्म पुग्नुपथ्र्यो,’ उनले भने, ‘मलासमा अझै धेरै दुःख छन ।, सौर्यबत्ती, खानेपानी सुविधा त माननीय पठानसिंह बोहराले पु-याएका छन्, केही भित्री भागसम्म सडकको ट्रयाक खुलेको छ ।’ मलासमा सडक पु-याउन कञ्चनपुरपट्टिबाट भीमदत्त नगरपालिकाले काम गरेकोमा स्थानीयवासी भीमदत्त नगरपालिकालाई धन्यवाद दिन्छन् । ‘हामीले देउवालाई जहिल्यै भोट दियौँ तर विकास कहिल्यै भएन,’ उनले भने, ‘हामीले भोटै दिन नपाउने भीमदत्त नगरपालिकाले हाम्रो मर्का बुझ्यो ।’ मलास क्षेत्रमा १६५ परिवार बसोबास गर्छन् । ‘सडक बन्नुअघि बिरामीलाई डोकोमा राखेर अस्पताल पु-याउनुपर्थ्यो, सर्पदंशका केसमा बाँच्ने आश नै मार्ने गर्थे’, उनले भने, ‘डडेल्धुरा जिल्लाको सदरमुकाम त हामीलाई पराइजस्तै छ, हामीलाई भीमदत्त नगरपालिकाबाट आश छ, मलासलाई कञ्चनपुरमा गाभिदिए हुन्थ्यो ।’
मलासवासीले परशु नगरपालिकाको वडा कार्यालय पुग्न ३ घण्टा र परशुराम नगरपालिका कार्यालय जोगबुडा पुग्न ७ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता कायमै छ तर मलासवासी कञ्चनपुरको महेन्द्रनगर १ घण्टामा पुग्न सक्ने भएका छन् । सडक बनेपछि महेन्द्रनगरबाट मलास नियमित जिप सेवा सञ्चालनमा छ । मलास कञ्चनपुरको विष्णु मन्दिरबाट १० किलोमिटर र महेन्द्रनगर बजारबाट १६ किलोमिटर मात्रै टाढा पर्छ । सडक बनेपछि डडेल्धुराका बड्डी मलास, पीपलकोट र कसानका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् । परशुराम नगरपालिकाको भित्री मधेश क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढी विकट बस्तीमा रहेका बासिन्दाको मुख्य आयआर्जनको स्रोत बाख्रापालन हो । स्थानीयले तरकारी र अदुवाखेती पनि गर्छन् । स्थानीय ६३ वर्षीय जोगी धामीले दशकौंदेखि बाख्रापालन गरिरहेको भए पनि सम्बन्धित निकायबाट अनुदान लगायत कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया