‘भीमदत्तमा दुईवटा दमकल छन् तर आगलागीमा काम लाग्दैनन्’
महेन्द्रनगर । शनिबार दिउँसो साढे १२ बजे भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित एक जना किसानको खेतमा आगलागी भयो । गहुँको नलमा लागेको आगो फैलिँदै खेतकै छेउमा रहेको बाँसघारीमा सल्कियो ।
बाँसघारी नजिकै थियो, बस्ती । स्थानीयले डराउँदै प्रहरीलाई खबर गरे । प्रहरीले भीमदत्त नगरपालिकाको ०९९–५२२३११ नम्बरमा फोन गरे । सुरुमा फोन नै उठेन । तारन्तार गरेपछि आधा घण्टापछि फोन उठ्यो । ‘सुरुमा त फोन उठाएनन्’, ऐठपुरका स्थानीय नरेन्द्र चन्दले भने, ‘लगातार फोन गरेपछि उठाए । तर, दमकल बिग्रिएको खबर दिए ।’ भीमदत्त नगरपालिकामा दुईवटा दमकल छन् । जेठ मसान्तसम्म आगलागीको मौसम भएकाले दमकललाई तयारी अवस्थामा राख्नुपर्ने हो, नगरपालिकाले । तर, नगरपालिकाका दुवै दमकल थन्किएका छन् । ‘नगरपालिकाबाट दमकल बिग्रिएको खबर पाएपछि फेरि प्रहरीलाई फोन ग-यौँ,’ चन्दले भने, ‘प्रहरीले वेदकोट नगरपालिकासँग समन्वय गरेर त्यहाँको दमकल मगाए, त्यहाँबाट चाँडै दमकल आयो र अप्रिय घटना हुन पाएन ।’ अनावश्यक काममा खर्च गर्ने जनप्रतिनिधिहरूले दमकल मर्मतमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘जनप्रतिनिधिहरूले अनावश्यक काममा फजुल खर्च गर्दै आएका छन्, भवन नै दरबारजस्तो बनाइरहेका छन्,’ चन्दले भने, ‘त्योमध्ये केही बजेट दमकल मर्मतमा लगाए आवश्यक परेको समयमा जनताले सेवा पाउने थिए ।’ प्रहरी र वेदकोट नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको उनले बताए । ‘समयमै वेदकोटको दमकल नआएको भए धेरै क्षति हुने थियो,’ उनले भने, ‘स्थानीय, प्रहरी र दमकलको सहयोगमा साढे ३ बजे आगो निभाउन सफल भयौँ ।’
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया