डकुमेन्ट्री ‘अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल’मा छनोट
काठमाडौं । महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारीसम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना’ जर्मनीमा जुलाई एक र दुईमा हुने १८औँ अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।
यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन् । सन् २०१० मा भिडियो एडिटर÷एनिमेटरका रूपमा आफ्नो करियर सुरु गरेका महर्जनले एक सयभन्दा बढी टेलिभिजन कमर्सियल, डकुमन्ट्री र पीएसएको निर्देशन गरिसकेका छन् । यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूत छिन् ।
यो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरूले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ । पछिल्लो समयमा सरोकारवाला निकायहरूले महिनावारीमा वर्जित सामाजिक मान्यताहरू परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरू कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।
विद्यालय पाठ्यक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिपर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा बिस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरूले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भन्दै थुप्रै बन्देज एवं निषेध गर्ने व्यवहारहरू हुनेगरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया