काठमाडौं । पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस कलेजले बायोटेक्नोलोजी र बीआईटीअन्तर्गत बीई सिभिल बि.टेकोमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष ई. लक्ष्मण पोखरेलले इन्जिनियरिङ्ग शिक्षाको महत्वमाथि प्रकाश पार्दै कलेज गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
साथै विद्यार्थीहरुले अध्ययन गर्दा पर्याप्त मेहनत आवश्यक रहेको उनले बताए । उनले इन्जिनियरहरु बेरोजगार छन् भन्ने अफवाह भएको बताउँदै अन्य देशको तुलनामा नेपालको इन्जिनियरिङ शिक्षा अब्वल रहेको दाबी गरे । कलेज प्रमुख तोयानारायण पौडेलले कडा परिश्रम र अनुशासन विद्यार्थीका लागि वाञ्छनीय भएको बताउँदै गुणस्तरीय शिक्षा आर्जनपछि समाज र देश निमाणमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका प्राडा विष्णु प्रसाद पाण्डेले उत्प्रेरणात्मक प्रस्तुति दिँदै लगनशील भए आफ्नो मिहिनेतअनुरुप परिणाम प्राप्त गर्ने बताए । हिमालयन हवाइटहाउस जस्तो संस्थामा पढ्न पाउनु विद्यार्थीहरुको लागि सौभाग्य भएकाले पढ्ने समयमा राम्रो ज्ञान र सीप हासिल गरी राष्ट्र निर्माणमा योगदान पु-याउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राड्ड डाड्ड सुवर्ण शाक्यले सुचना प्रविधि र डा. समीरमणि दीक्षितले बि.टेक बायोटेक्नोलोजीका विषयमा आफनो प्रस्तुति राखे ।
हिमालयन ह्वाइटहाउस कलेज, पुतलीसडक, पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नेपालकै एक उत्कृष्ट कलेज मानिन्छ । यस कलेजमा स्नातक तहमा बीबीए, बीएचएम, बीई सिभिल, बायोटेक्नोलोजीअन्तर्गत बि.टेक र बीआईटी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् भने स्नाकोेत्तर तहमा एमबीए र ईएमबीए कार्यक्रमहरु सञ्चालित छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया