Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइन्फोडेभलपर्सको सीओओमा डा. सुब्बा नियुक्त

इन्फोडेभलपर्सको सीओओमा डा. सुब्बा नियुक्त


काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सको सञ्चालक समितिको निर्णयअनुसार प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा डा. राजिव सुब्बा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव भएका सुब्बाले अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञान विषयमा पीएचडी गर्नुका साथै सञ्चार, सूचना प्रविधि र व्यवस्थापनमा २५ वर्षभन्दा लामो अनुभव बटुलेका छन् ।

नेपाल प्रहरीको पूर्वडीआईजी सुब्बाले प्रहरीको सञ्चार निर्देशनालयको प्रमुख भएर समेत काम गरिसकेका छन् । नेपाल प्रहरीमा नयाँ–नयाँ सञ्चार तथा सूचना प्रविधि भित्र्याउनुका साथै नेपाल प्रहरी सञ्चारलाई डिजिटाइजेसन गर्न उनको महत्वपूर्ण योगदान छ । सुब्बा हाल त्रिभुवन विश्वविद्यालय र किंग्स कलेजमा भिजिटिङ प्रोफेसरको रूपमा समेत काम गरिरहेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट सम्मान पाएका सुब्बासँग राष्ट्रिय योजना आयोग, संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा क्यान महासंघ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा पनि काम गरेको अनुभव छ ।

नवनियुक्त सीओओ सुब्बालाई इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले एक कार्यक्रमका बीच स्वागत गर्दै सुब्बाको नेतृत्वमा इन्फोडेभलपर्स अझै उचाइमा पुग्ने बताए । २०५९ सालमा स्थापना भएको इन्फोडेभलपर्सले बैंकिङ तथा वित्तीय क्षेत्रलगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर आफ्ना सफ्टवेयर विकास गरेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x