सार्वजनिक खरिद अनुगमन कार्यालयअगाडि महासंघको धर्ना जारी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)मा धर्ना जारी राखेको छ । राजधानीको ताहाचलस्थित पीपीएमओमा महासंघले मंगलबार पनि एक घण्टा धर्ना दिएको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कार्यालयमा विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएका थिए । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्नेलगायतका नारा लगाएका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरूलगायतलाई समयमा नै अवगत गराइए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत ७७ जिल्ला संघहरूले मंगलबार आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरूले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । माग पूरा नभएसम्म एकघण्टे धर्ना कार्यक्रम जारी राखिने महासंघका महासचिव रोशन दाहालले बताए ।
महासंघले निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभए सम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि लागू हुनेगरी कन्स्ट्रक्सन होलिडे भन्दै निर्माणका काम ठप्प पारेको छ । कन्स्ट्रक्सन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माणकार्यलाई भने नरोकिने महासंघले जनाएको छ । मूल्यवृद्धिलाई सम्बोधन गर्न मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ । यसैबीच नयाँ बीमा निर्देशिका जारी गर्न सरोकारवाला निकायबीच एक कार्यदल गठन भएकाले कुपण्डोलस्थित बीमा समितिको धर्ना कार्यक्रम एक हप्ताका लागि स्थगित गरिएको महासंघले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया