दोलखाका चार हजार भूकम्पपीडितले लिएनन् अनुदान
दोलखा । जिल्लाका चार हजारभन्दा बढी भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारले दिने तीन लाख रूपैयाँ अनुदान नलिएको पाइएको छ । २०७२ वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पमा निजी आवास गुमाएका दोलखा चार हजार दुई सय ७८ जना भूकम्पपीडितले अनुदान नलिएका हुन् ।
जिल्लामा रहेका कुल लाभग्राही ७३ हजार छ सय ८४ मध्ये चार हजार दुई सय ७८ जना भूकम्पपीडित अनुदान सम्झौता गर्न चालू वर्षको चैत मसान्तसम्म पनि नआएको जिल्लास्थित सहरी विकास केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन तथा आवासको कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार अनुदान सम्झौता नगर्नेमा जिल्लाको भीमेश्वर नगरपालिकाभित्रका नौ सय तीन जना छन् ।
त्यस्तै जिरी नगरपालिकामा पाँच सय ११ जना छन् भने बैतेश्वर गाउँपालिकाभित्रका चार सय ५९ जना रहेका छन् । त्यसैगरी विगु गाउँपालिकामा तीन सय १८ जनाले अनुदान सम्झौता गरेका छैनन् । गौरीशंकर गाउँपालिकामा चार सय ९, कालिञ्चोक गाउँपालिकाभित्रका तीन सय १४, मेलुङ गाउँपालिकामा पाँच सय ४८, शैलुङ गाउँपालिकामा चार सय ४४ र तामाकोशी गाउँपालिकामा तीन सय ७२ जना भूकम्प पीडित लाभग्राहीले अनुदान सम्झौता नगरेका हुन् ।
भूकम्प गएको सात वर्ष बित्दा जिल्लाभर ६९ हजार चार सय छ जनाले मात्र अनुदान सम्झौता गरेर पहिलो किस्ता बुझेका छन् । त्यस्तै ६७ हजार ५९ जनाले दोस्रो र ६६ हजार चार सय ३५ जनाले तेस्रो किस्ता बुझेका छन् । दोलखामा हालसम्म ९६ प्रतिशत घर पुनर्निर्माण भइसके पनि अझै ४ प्रतिशत मानिसले घर बनाउन बाँकी रहेको कार्यालयको मासिक तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै जिल्लाका ३७ हजार पाँच सय ८४ जनाले घर निर्माण सम्पन्न गरेको निर्माणसम्पन्नताको प्रमाणपत्र बुझिसकेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया