दैलेखको भगवतीमाई पालिकाको आफ्नै व्यवसायिक बाख्रा फार्म
दैलेख । यहाँको भगवतिमाई गाउपालिका आफैले व्यवसायीक रुपमै बाख्रा पालन गरेको छ । भगवतिमाई गाउँपालिका र कर्णाली प्रदेश सरकारको लगानिमा बाख्रा श्रोत केन्द्र निर्माण गरि व्यवसायिक बाख्रापालन गरेको गाउँपालिकाले जनाएको छ ।
पालिकामा रहेका युवाहरूलाई आर्थिक अभावकै कारण बाहिरी मुलुक धाउनुपर्ने बाध्यताबाट मुक्त गराउने उदेश्यस्वरुप गाउपालिकाले नै बाख्रा स्रोत केन्द्र निर्माण गरेको हो । बाख्रा स्रोत केन्द्रबाट व्यवसायिक पशुपालन गर्ने युवाहरूलाई बाख्रा वितरण गरिने गाउपालिकाका अध्यक्ष दान बहादूर थापाले बताए । भगवतीमाई गाउँपालिकाको नारा नै “व्यवसायिक कृर्षी र पशुपालन” भएको बताउदै अध्यक्ष थापाले बाख्रा स्रोत केन्द्रमा एक जना पशु प्राविधिक सहित तीन जनालाई रोजगारी समेत दिएको उनले जानकारी दिए । ‘बाख्रापालनका लागी यहाँको हावापानी र चरीचरन क्षेत्र पनि राम्रो छ’, उनले भने ‘हामीले पशुपालन र कृषिमा बढी जोड दिएर नागरिकको आय आर्जनमा टेवा पु-याईरहेका छौ ।’
आर्थिक ०७६/०७७ मा प्रदेश सरकारको एक करोड, ०७७/०७८ मा १० लाख र ०७८/०७९ मा पाँच लाख तथा गाउँपालिकाको चालु आर्थिक वर्षसम्म ७५ लाख रुपैयाँ लगानी गरी बाख्रा स्रोत केन्द्र निर्माणसँगै बाख्रा पालन गरिरहेको अध्यक्ष थापाले बताए । बाख्रा स्रोत केन्द्र निर्माणका लागी बितेको तिन आर्थिक बर्षको अवधिमा करिब एक करोड १५ लाख रुपैयाँ प्रदेश सरकारबाट उपलब्ध भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीम बहादुर विष्टले जानकारी दिए । उनका अनुसार गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा बाख्रा स्रोत केन्द्र निर्माण गरेको र अव त्यहाँबाट बाख्रा उत्पादन हुन सुरु भएको बताईएको छ । बाख्रा स्रोत केन्द्रका पशु प्राविधिक विमल थापाले बाख्रा स्रोत केन्द्रमा हाल लोकल जात र बोएर जातको बाख्रा रहेको जानकारी दिएका छन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया