उच्च अदालत महेन्द्रनगरमा ६२ प्रतिशत मुद्दा फछर्यौट
धन बहादुर जप्रेल
महेन्द्रनगर, फागुन ४
कञ्चनपुरमा रहेको उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले गत माघसम्म ६२ प्रतिशत मुद्दा फछर्यौट गरेको बताएको छ । अदालतले चालू आर्थिक वर्ष २०७६/०७७ को माघ मसान्तसम्ममा चार सय नौ वटा मुद्दा लगत राखेकोमा दुई सय ५५ वटा मुद्दा फछर्यौट गरेको उच्च अदालत दिपायल महेन्द्रनगरले जनाएको छ ।
उच्च अदालत महेन्द्रनगरले गत आर्थिक वर्षका जम्मा चार सय २० वटा उजुरी जिम्मेवारीमा राखेको थियो अथवा उक्त उजुरीहरु गत वर्ष दर्ता गरेको भए पनि फछर्यौट हुन सकेका थिएनन् । यस आर्थिक वर्षमा अदालतले जम्मा एक हजार १६ वटा उजुरी नयाँ दर्ता गरेको छ । यसरी माघ महिनासम्म अलदालमा जम्मा एक हजार ३६ वटा उजुरी दर्ता भएको छ । लगत भएका उजुरीहरुमा सात सय २४ वटा उजुरी फछर्यौट भइसकेका छन् भने सात सय ४२ वटा उजुरी फछर्यौट हुन बाँकी रहेका छन् । उक्त विवरण उच्च अदालतको मातहतका अदालतसहितको विवरण हो । उच्च अदालतले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको मुद्दाहरुलाई समेत पुनरावेदन गर्ने गर्दछ ।
उच्च अदालत महेन्द्रनगर इजलासले गत माघ सम्ममा जम्मा चार सय ९ वटा उजुरी दर्ता गरेको थियो जसमा एक सय ३३ पुरानो हुन भने दुई सय ७६ नयाँ दर्ता भएका हुन् । जसमा दुई सय ५५ वटा उजुरी फछर्यौट भइसकेका छन् भने एक सय ५४ वटा बाँकी छन् । यो जम्मा ६२ दशमलव ३४ प्रतिशत रहेको देखिन्छ । यस्तै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासअन्तर्गत रहेका चारवटा जिल्ला अदालतहरुको प्रगति समेत सन्तोषजनक रहेको उच्च अदालत महेन्द्रनगरले बताएकोे छ । जसमा कञ्चनपुर जिल्ला अदालतले ६ सय ७६ वटा मुद्दा लगत राखेकोमा जम्मा २ सय ८१ वटा मुद्दा फछर्यौट गरेको र ३ सय ९५ वटा मुद्दा बाँकी रहेको उच्च अदालत महेन्द्रनगरले उपलब्ध गराएको विवरणमा उल्लेख गरेको छ । यो ४१ प्रतिशत हो । यस्तै डडेल्धुरामा ४२ प्रतिशत, बैतडीमा, ५० प्रतिशत र दार्चुलामा ५८ प्रतिशत मुद्दा फछर्यौट भएका छन् ।
त्यस्तै डडेल्धुरा जिल्ला अदालतले ९० मुद्दामा ३८ मुद्दा फछर्यौट गरेको भने ५२ वटा काँकी रहेका छन् । बैतडी जिल्ला अदालतले एक सय १८ मुद्दामा ६० मुद्दा फछर्यौट गरेको छ भने ५८ वटा बाँकी, दार्चुला जिल्ला अदालतले एक सय ४३ मुद्दामा ९० मुद्दा फछर्यौट र ५३ वटा बाँकी गरेको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले जनाएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारदा सुवेदीका अनुसार अदालतको काम सन्तोषजनक रहेको छ ।
फौजदारी मुद्दाबाहेक अन्य देवानी मुद्दामा मेलमिलापमा समेत पठाउने गरेको उनको भनाइ छ । उनका अनुसार अदालतले ४३ वटा मुद्दा मेलमिलापमा पठाएको छ भने ९ वटा मुद्दा फछर्यौट भइसकेको र ९ वटामा मेलमिलापको लागि प्रक्रियामा रहेको छ । त्यस्तै २५ वटा मुद्दामा मेलमिलाप भएको छैन । आर्थिक अवस्था कमजोर भएका तथा मुद्दामा वकिल राख्न नसक्ने सेवाग्राहीका लागि सरकारले निःशुल्क सेवा समेत दिने गरेको छ । जसका लागि अदालतले कानुन व्यवसायी पुनम चन्दलाई नियुक्त गरेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ९ जना सेवाग्राहीले निःशुल्क कानुन व्यवसायी पाएका थिए ।
यस्तै उच्च अदालत दिपायल महेन्द्रगर इजदासले चालू आ.व.को माघ मसान्तसम्ममा मुद्दाको फछर्यौट लक्ष्यभन्दा बढी भएकोे जनाएको छ । इजलासले फछ्र्यौट लक्ष्य दुई सय १४ राखेको थियो तर लक्ष्यभन्दा बढी दुई सय ५५ वटा फछर्यौट गर्ने सफल भएको छ । यस्तै अदालतको पुरानो जिम्मेवारीको एक सय ३३ वटा मुद्दामा एक सय १७ वटा फछ्यौट भएको र १६ वटा बाँकी रहेको बताएको छ ।
नयाँ दर्तामा दुई सय ७६ दर्ता भएकोमा १ सय ३८ फछर्यौट गरेको र एक सय ३८ बाँकी रहेको बताएको छ । यस्तै अदालतले अर्काे कुनै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई मुल्तबीको विवरणमा राखेको छ । जसमा अर्काे अदालतको निर्णय नआएसम्मका लागि पर्खाइमा राखेको हुन्छ जसमा जम्मा ६ वटा मुद्दा मुल्तवीमा राखेको छ । यसमा एउटा मुल्तवीबाट जगाइएको छ भने ५ वटा मुद्दा जगाउन बाँकी छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
- लुम्बिनी लायन्सको जर्सीको औपचारिक अनावरण
- ‘फेस्टिभ सेलिब्रेसन’का विजेतालाई उपहार प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया