काठमाडौं । शैक्षिक परिवर्तन प्रतिष्ठान नयाँ बानेश्वरले दोलखाको सदरमुकामस्थित गौरीशंकर बालगृहका बालबालिकाको लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । प्रतिष्ठानका अध्यक्ष नीरा शाक्य र बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले अक्षय कोष स्थापनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
बालगृहको अनुरोधअनुसार सहयोग गर्ने सन्दर्भमा प्रतिष्ठानका सचिव बाबुकाजी कार्की, सहसचिव डा. रुमा मानन्धर, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, सदस्य डा. अरविन्दलाल भोमी तथा महेश्वर रेग्मीलगायतका पदाधिकारीहरुले स्थलगत अध्ययन अवलोकन तथा सरोकार पक्षसँग अन्तरक्रिया गरेका थिए । नेपाल बाल संगठन र नेदरल्याण्ड अन्तर्राष्टिय बाल कल्याण संगठनको संयुक्त सहयोगमा विसं २०५३ साल कात्र्तिक ३० गते स्थापना भएको बाल गृहका भवनहरु २०७२ सालको महाभूकम्पले जीर्ण भएका छन् । उक्त अन्तर्राष्टिय संगठनले हाल कुनै पनि सहयोग प्रदान नगरेको कारण नेपाल बाल संगठनबाट प्राप्त हुने सीमित अनुदानबाट बालबालिकामा स्वास्थ्यलगायतका कतिपय भईपरी आउने समस्या टार्न बालगृहलाई हम्मे–हम्मे परेको छ । विभिन्न दाताहरुले जन्मोत्सव, विवाह आदि धार्मिक कार्य गरेका बखत प्रदान गरिने नगद तथा जिन्सि सहयोगले सानोतिनो गर्जो टार्दै आएको बालगृहले जनाएको छ । हाल विभिन्न जिल्लाका २८ जना अनाथ बालकहरु त्यहाँ बसेर करिब एक घण्टाको पैदल दूरीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिरहेका छन् ।
अक्षय कोषले बालगृह सञ्चालनमा अर्थपूर्ण सहयोग पुग्ने प्रतिष्ठानले अपेक्षा गरेको छ । अन्य सहयोगी मन भएका संस्था तथा व्यक्तिहरुबाट पनि बालगृहको व्यवस्थापन र सञ्चालनमा सहयोगका लागि प्रेरणा मिल्ने प्रतिष्ठानका अध्यक्षले बताए । उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट बालबालिकाको भरणपोषण र हेरचाहको लागि खर्च गर्नुपर्ने छ । बालगृह बन्द भएमा वा रकमको दुरुपयोग भएको प्रमाणित भएमा अक्षय कोषको रकम स्वतः प्रतिष्ठानको स्वामित्वमा आउने शर्त समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया