Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइन्ग्रेल्स प्रालिलाई राष्ट्रिय आईसीटी पुरस्कार

इन्ग्रेल्स प्रालिलाई राष्ट्रिय आईसीटी पुरस्कार


काठमाडौं । इन्ग्रेल्स प्रालि (वेद)ले नेपालभित्र शिक्षा र प्रविधिको एकीकरणमा योगदान गरेबापत राष्ट्रिय आईसीटी पुरस्कार २०२२ (निजी क्षेत्र) जितेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सरकारले वैशाख १९ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने गरेको छ । यस कार्यक्रममा देशको प्रविधिको विकासमा वृद्धि गरेको योगदानलाई कदर गर्दै मन्त्रालयले इन्ग्रेल्स (वेद) लाई यो अवार्ड प्रदान गरेको हो । इन्ग्रेल्सले वेदद्वारा २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ । आठ सयभन्दा बढी विद्यालयमा प्रयोग भइरहेको उक्त सफ्टवेयरले विद्यालयहरूलाई उनीहरूको सम्पूर्ण कार्य डिजिटल गर्नका लागि आवश्यक प्रविधि, तालिम र उपकरणहरु उपलब्ध गराउँछ । यसले दोहोरिरहने कामको बोझ घटाएर शिक्षकहरूलाई सहज बनाउँछ । स्वचालन प्रक्रिया व्यस्थापन, डाटा व्यवस्थापन, अनलाइन शिक्षा, विद्यालयको नतिजा प्रकाशन, सञ्चार, अकाउन्ट आदि वेदमा उपलब्ध सुविधाहरूमध्ये सबैभन्दा धेरै खोजिएका सुविधाहरु हुन् ।

वेदले कोरोना भाइरस महामारीको समयमा सात लाखभन्दा बढी विद्यार्थीहरू र ४० हजारभन्दा बढी शिक्षकहरूलाई निरन्तरता दिन मद्दत गर्दै आएको छ । वेदले काठमाडौं उपत्यकाबाहिर आफ्नो शाखा भौतिक रूपमा विस्तार गरेसँगै यी सख्ंयाहरू बढ्दै गएका छन् । हाल नेपालका ४० जिल्लाका विद्यालयहरुमा वेदको प्रयोग भइरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x