महेन्द्र शाही
सोलुखुम्बु, फागुन ६
सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सञ्चालित सोलुखुम्बु बहुमुखी क्याम्पसद्वारा सञ्चालित मेची–काली विश्व अभियानका लागि करिब ८० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । एक वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त अभियानको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ८० लाख २२ हजार ४ सय ३९ रुपैयाँ क्याम्पसको खातामा जम्मा भइसकेको जानकारी दिए ।
अभियानमा हालसम्म एक हजार नौ सय तीन जनाले सहभागिता जनाएका छन् भने धेरैले प्रबिद्धता जनाएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाको तर्फबाट अभियानलाई ३० लाख रुपैँया सहयोग हस्तान्तरण गर्दै क्याम्पसले प्राविधिक शिक्षा दिएर शैक्षिक बेरोजगारको न्यूनीकरणका लागि सहयोग गर्ने बताए । सोही अवसरमा व्यक्तिगत रुपमा उद्योग व्यवसायी तथा कांग्रेस नेता प्रकाशसिंह कार्कीले १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा सबैभन्दा ठूलो रकम दिने, धेरै जनसहभागिता गराउने र धेरै रकम संकलन गर्ने तीन/तीन जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य आङगेलु शेर्पाले बदलिँदो परिस्थितिअनुसार शैक्षिक जनशक्ति उत्पादन गर्न नसक्दा बेरोजगारी समस्या बढेको भन्दै श्रम बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने शिक्षा सञ्चालन गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्यले पवित्र उद्देश्यले सञ्चालन भएकाले सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्दै प्रशासनले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । क्याम्पसको रजत महोत्सवको अवसरमा गत वर्षबाट सुरु भएको अभियानबाट एक अर्ब रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । क्याम्पस प्रमुख शर्माले विश्वको शैक्षिक हब बनाउने भन्दै सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार सहयोग जुटाउने क्रम स्वदेश तथा विदेशमा निरन्तर भइरहेको र लाखौँको प्रतिबद्धता आइरहेको छ ।
आगामी पाँच वर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघ/संस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने लक्ष्य रहेको क्याम्पसले जनाएको छ । क्याम्पसले ट्राभल्स, टुरिज्म र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्नसहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई वार्षिक पाँच लाख छात्रवृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिने क्याम्पसले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया