पाँचवटा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भयो ‘गरिखाने अभियान’
काठमाडौं । उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराई देशव्यापीरूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’लाई मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् । स्वदेशमै केही गरौँ भन्ने आकांक्षा राख्ने युवा तथा वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता र रोजगारीका अवसरसँग जोड्नका लागि प्रदेश सरकारहरूबाट ‘गरिखाने अभियान’ सञ्चालन हुन लागेको हो ।
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले यसअघिदेखि नै आफ्नै पहलमा गरिखाने अभियानलाई देशव्यापी बनाएको छ । उद्यमशीलता र रोजगारका अवसरसँग युवालाई आबद्ध गर्ने यस अभियानले उद्यमशीलताको महत्वबारे जागरण सिर्जना गरेको समितिका संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले बताए ।
‘नेपाली कांग्रेसको यो सोचले व्यापकता प्राप्त गर्नु उत्साहजनक छ,’ चौधरीले भने, ‘देशमै उद्यम र रोजगारीका अवसरले मुलुकमा रोजगारीका अवसर प्राप्त हुनुका साथै उत्पादकत्व समेत वृद्धि हुन्छ । यसले अर्थतन्त्रको दिगो, समावेशी र फराकिलो आर्थिक विस्तारलाई स्थायित्व प्रदान गर्छ ।’
यस अभियानले छोटो समयमै देशभर उपस्थिति जनाएको छ भने यसमा आबद्ध भई उद्यमशील बन्न चाहनेहरूको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा ‘गरिखाने अभियान’मा आबद्ध एक सय २९ उद्यम परियोजनालाई बैंक तथा वित्तीय संस्थाको सहुलियतपूर्ण कर्जा उपलब्ध भएर उद्यम/व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उद्यमशील बन्ने आकांक्षा राखेर ‘गरिखाने अभियान’मा जोडिएका सबैलाई स्थानीय सम्भावनाअनुसारका उद्यम सञ्चालन गर्न सम्भावना पहिचान, व्यवसाय दर्ता, व्यावसायिक योजना विकास, सीप तथा प्रविधि र पुँजी उपलब्ध गराउने संस्थाहरूसँग समन्वय, सम्भावित जोखिमबारे अभिमुखीकरण र बजार पहुँचलगायत उद्यमशीलताको सम्पूर्ण ‘इकोसिस्टम’मा आधारित सेवा गरिखाने अभियानका साझेदार संस्थाहरूमार्फत सेवा उपलब्ध हुँदै आएको छ । प्रदेश सरकारहरूले समेत स्वामित्व लिएपछि आगामी दिनमा यो अभियानले अझै तीव्रता पाउने र लाखौँ युवाको उद्यमशील बन्ने आकांक्षा पूरा गर्न यो अभियान कोशेढुंगा बन्ने चौधरीले विश्वास व्यक्त गरेका‘ छन् ।
‘यो विशुद्ध उद्यमशीलता विकासको अभियान हो । मुलुकमा रोजगारीको अवसर नभेटेर विदेशीएका युवालाई मुलुकमै उद्यम गर्न आकर्षित गर्न साथै रोजगारी र उत्पादनका थप आधार विस्तार गर्न देशव्यापी अभियान सञ्चालन गरेका हौं,’ चौधरीले भने, ‘यस दिशातर्फको अभियानले सार्थकता प्राप्त गर्नेमा हामी विश्वस्त छौँ ।’
चौधरीले उद्यमशीलता विकासमा काम गर्ने संघसंस्था, यसका हिमायतीहरू, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र सबैको यो साझा अभियान भएको बताउँदै मुलुकभित्रै उत्पादन विकासले आयात प्रतिस्थापन, रोजगारी, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पु-याउने उल्लेख गरेका छन् । साथै, उनले महामारीले सिर्जना गरेको भीमकाय चुनौतीका बाबजुद ‘गरिखाने अभियान’लाई देशव्यापी बनाउँदै आकांक्षी उद्यमीहरूबाट प्रस्ताव लिएर प्रारम्भिक चरणमा एक सय २९ परियोजनामा सहुलियत कर्जा लगानी भएको अवसरलाई ‘सेलिब्रेट’ गर्नुपर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया